रहेनन् ‘ब्याटम्यान’ निर्देशक

रहेनन् ‘ब्याटम्यान’ निर्देशक

न्युयोर्क : हलिउडको चर्चित फिल्म ‘ब्याटम्यान’का निर्देशक जोल सुमाकरको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित ८० वर्षीय सुमाकरको न्युयोर्कमा निधन भएको हो।

सन् १९८१ को साइन्स फिक्सन फिल्म ‘द इनक्रेडिबल श्रीकिंग उमन’ सुमाकरको निर्देशनमा बनेको पहिलो फिल्म थियो। ‘ब्याटम्यान’का अतिरिक्त उनले ‘सेन्ट एल्मोज फायर’, ‘फ्ललेस’, ‘डीसी क्याब’, ‘द लस्ट बोइज’, ‘द क्लायन्ट’, ‘अ टाइम टु किल’, ‘फलिङ डाउन’ जस्ता चर्चित फिल्म निर्देशन गरेका छन्।

स्मरण रहोस्, हलिउडमा उनले कस्ट्युम डिजाइनरका रूपमा करिअर सुरु गरेका थिए। उनले ‘द लस्ट अफ शीला’, ‘स्लिपर’, ‘द प्रिजिनर अफ सेकन्ड ऐभेन्यु’, ‘इन्टिरियर्स’, ‘ब्लुम इन लभ’जस्ता चर्चित हलिउड फिल्ममा कस्ट्युम डिजाइन गरेका छन्।

यसका साथै सुमाकरले सन् १९७४ को टेलिफिल्म ‘किलर बिज’मा प्रोडक्सन डिजाइनरका रूपमा पनि काम गरेका थिए। सुमाकर बहुप्रतिभाशाली थिए। उनले कैयौं फिल्मका कथा लेखेका छन्।

सुमाकरले जर्ज क्लुनी, अरनल्ड स्वजेनेगर, निकोल किडम्यन, डेमी मुर र निकोलस केजजस्ता ठूला कलाकारसँग काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.