दाङमा शुक्रबार ७५ जनामा कोरोना पुष्टि : व्यवहारिसे शवकाे पीसीआर रिपोर्ट पोजिटिभ

दाङमा शुक्रबार ७५ जनामा कोरोना पुष्टि : व्यवहारिसे शवकाे पीसीआर रिपोर्ट पोजिटिभ

दाङ : दाङमा शुक्रबार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा दाङका विभिन्न स्थानीय तहका ७५ जनाका कोरोना पुष्टि भएको हो । दाङमा यो सँगै सङ्क्रमितको सख्या चार सय ५० पुगेको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको बताएको छ । 

शुक्रबार दाङमा कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन । यस्तै लमहीका ३ जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी एक जना परिचय र ठेगाना नखुलेको महिलामा कोरोना पुष्टि भएको छ ।

एकजनाको मृत्यु
घोराहीमा अचेत अवस्थामा फेला परेका एक महिलाको मृत्यु भएको छ । मृतक महिलामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । अचेत भेटिएका उनीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनले मुत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.