पाल्पामा थप ७७ जनामा कोरोना
तानसेन : पाल्पामा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण थपिएको छ। योसँगै पाल्पामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ। शुक्रबार थपिएका संक्रमितहरुमा ७६ पुरुष र एक महिला रहेका छन्।
जहाँ रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड पर्सन श्रीकृष्ण भट्टराईले बताए। रामपुर नगरपालिकामा देखिएका ७५ जना मध्ये १ जना महिला र ७४ जना पुरुष रहेका छन्। जनशान्ति माध्यमिक विद्यालय रामपुर ९ मा २२ जना, चन्द्रोय माध्यमिक विद्यालय रामपुर १ को क्वारेन्टाइनमा रहेका ७ जना, दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा ३२ जना, जनविकास माध्यमिक विद्यालय रामपुर ३ रजघरामा रहेका १२ जना, र गंगा माविमा क्वारेन्टाइनमा रहेका १ जनामा पोजेटिभ देखिएको रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले बताए रहेका छन्। सक्रमितहरु जेठ १६ गते भारतको मुम्बई, इन्दोर, राजस्थान र नयाँ दिल्ली बाट फर्किएका थिए। योसँगै रामपुरमा संक्रमितको संख्या ९१ पुगेको छ। गत जेठ २१ गते कोरोना पोजिटिभ देखिएका २ जना भने निको भएर घर फर्किएका छन्।
यसै गरी तानसेन नगरपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको छ। योसँगै तानसेन नगरपालिकामा संक्रमितको संख्या ५ पुगेको छ। यसअघि निस्दी गाउँपालिकामा ९५, पूर्वखोला गाउँपालिकामा १४७, रम्भा गाउँपालिकामा २२, तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रिव्दीकोट गाउँपालिकामा ४ जना संक्रमित भएका छन। उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो। पाल्पामा १६ जना सक्रमित निको भई घर फर्किसकेका छन्।
प्रतिक्रिया दिनुहोस !