क्वारेन्टाइनबाट भागे २१ कोरोना संक्रमित : खोजी गर्दै प्रहरी

क्वारेन्टाइनबाट भागे २१ कोरोना संक्रमित : खोजी गर्दै प्रहरी

दैलेख : दैलेखको नौमूले गाउँपालिकाका कोरोना संक्रमित क्वारेन्टाइनबाट भागेका छन् । भैरव माविको क्वारेन्टाइनमा राखिएका २१ जना कोरोना संक्रमित बिहीबार राती भागेको गाउँपालिकाले जनाएको छ ।

उनीहरुलाई क्वारेन्टाइनमै फर्काउन प्रहरी परिचालन गरिएको छ । नौमूले बजारस्थित भैरव माविमा रहेको क्वारेन्टाइनमा ९४ जनालाई राखिएको थियो ।

झण्डै दुई हप्तासम्म पनि दोस्रो पटक पीसीआर परीक्षण नगरिएको भन्दै संक्रमित क्वारेन्टाइनबाट भागेको बताइएको छ । भागेकामध्ये केहीलाई बिहीबार राति नै ल्याइएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । बाँकीलाई ल्याउन प्रहरी परिचालन गरिएको छ ।

अध्यक्ष बुढामगरले सबै संक्रमितको खोजी कार्य जारी रहेको बताए ।  संक्रमित भागेको खबर आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी परिचालन गरिएको डीएसपी हरिबहादुर ओलीले बताए । नौमूले गाउँपालिकामा एक सय ४६ जनामा कोरोना पुष्टि भईसकेको छ । ती मध्ये ७ जना डिस्चार्ज भईसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.