मदन भण्डारीको सम्झनामा वृक्षारोपण

मदन भण्डारीको सम्झनामा वृक्षारोपण

उदयपुर : तत्कालिन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा आइतबार उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल परिसरमा विभिन्न प्रजातिको बिरुवा रोपिएको छ । 

नेपाल नेत्रज्योति संघ उदयपुरको मातहतमा सञ्चालनको तयारीमा रहेको आँखा अस्पताल परिसरमा स्व. भण्डारीको नाममा प्रदेश नम्बर एकका योजना आयोगका सदस्य मिना भण्डारीले वर्वुल जातको बिरुवा रोपेर उद्घाटन गरिन् ।

सोही अवसरमा भण्डारीले मदन भण्डारीका रचना तथा उनलाई जोडेर लेखिएका किताब  त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा र संगम पुस्तकालयलाई हस्तान्तरण गरिन् । 

भण्डारीसँगै जिल्लाका राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज, पत्रकार रस्थानीयले सिताअशोक, वर्वुल र नागेश्वरी जातका बिरुवा रोपेका छन् । सोअवसरमा सदस्य भण्डारीले अस्पतालको वातावरण र पर्यावरण जोगाउन बिरुवा आवश्यक हुने बताइन् ।

उनले रोपिएका बिरुवाको संरक्षण र सम्र्बद्धनका लागि ध्यान दिनुपर्ने बताइन् । भण्डारीले संसारको सौन्र्दयतालाई नियाल्ने आँखा संरक्षणका लागि स्थापना गरिएको अस्पताल आफैमा पवित्रस्थल भएकाले विनाभेदभाव सेवा सबैको पहुँचमा पुर्याउन आग्रह गरिन् । 

उनले मदन आफैमा बहुप्रतिभाशाली व्यक्ति भएकाले उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई व्यवहारमा परिणत गर्न सके मात्र समृद्ध देश र सुखी नेपाली कल्पना गर्न सकिने बताइन् ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले मदनको विचार प्रेरणादायिक र अहिलेपनि जिवीतै रहेको बताए । प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख बिरुवाको संरक्षण र संवद्र्धनकासाथै हरियालीमा परिणत हुने हुँदा सबैले अपनत्व लिनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा आयोजक नेपाल नेत्र ज्योति संघका सभापति भागवत राउतले अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको बताए । उनले भवन निर्माणको कार्य सम्पन्न भइसकेकाले केही प्राविधिक पक्ष मेसिन जडान कार्य मात्र बाँकी रहेको जानकारी दिए 

अघिल्लो वर्ष अस्पताल परिषरमा आफन्तको सम्झनामा १० कठ्ठा जग्गामा कपुर, खमारी, रुद्राक्ष, मलेसियनसाल, तेजपत्ता, अग्रउड, विरेन्द्रफुल, वयस प्रजातिका १ सय १५ वटा बोटविरुवा रोपेको उनले बताए । ती मध्ये ५ वटा बिरुवा मात्र मरेको बाँकी सबै बिरुवा संरक्षण भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.