कोइरालालाई ‘शान्ति अवार्ड’
काठमाडौं : भारतको ‘पिस अफ इन्डिया’ले नेपाली अभिनेत्री नीतु कोइरालालाई शान्ति अवार्ड प्रदान गरेको छ। संस्थाले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई पुरस्कृत गरेको हो। कोइरालासँगै पुरस्कृत हुनेमा भारतका अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरालगायत छन्।
अवार्ड वितरण कार्यक्रम २०२० जुन २३ मा राखिए पनि कोरोना कहरका कारण अनलाइनबाटै भर्चुअल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको हो। कार्यक्रममा पिस अफ इन्डियाका संस्थापक अध्यक्ष विशाल भारद्वाजले सम्बोधन गरेका थिए।
अवार्ड प्राप्त गरेपछि सम्मानित व्यक्तित्वले आआफ्ना तर्फबाट आफ्नो देशमा शान्ति स्थापनार्थ निःस्वार्थ सेवा गर्ने प्रण गरेका थिए।