एन आर एन साउदीद्वारा ३ सय ७३ नेपालीलाई खाद्यान्न सहयोग
साउदी अरेबिया : विश्वभर कोरोना भाइरसबाट मानव जगत त्रसित अवस्थामा रहेको बेलामा गैर आवासीय नेपाली संघ,एन आर एन साउदीले साउदीमा कार्यरत ३ सय ७३ नेपालीलाई खाधान्य सहयोग गरेको छ । संघको बैठकले कोभिड १९ उद्धार तथा समन्वय समिति साउदी अरब गठन गर्नुको गरेर आईसीसीसँग समन्वय गरी १० लाख धनराशिबाट सहयोग सुरु गरेको हो ।
श्रममैत्री संस्थाको रुपमा परिचित एनआरएन साउदीको स्थानपना २००७ मा भएको हो । संघले साउदीमा कार्यरत नेपालीलाई पैरवी पहल, सहयोग तथा उद्धारका गर्नुको साथै स्वदेशमा महा-भूकम्प, आगजनी बाढीपीडित तथा दैविक प्रकोप लगायत इलाइब्रेरी भवन निर्माण जस्ता कार्यमा सहयोग गर्दै आइरहेको छ । साउदि अरेबियामा क्रियाशील नेपाली संघ संस्थासँग समेत विभिन्न तरिकाले सामाजिक कार्यहरूमा सहकार्य गर्दै आइरहेको छ ।