न्यायाधीशका अंगरक्षकले गरे गोली हानी आत्महत्या
धरान : जिल्ला अदालत सुनसरीका न्यायाधीशका शंकर राईका अंगरक्षक प्रहरी हबल्दारले गोली हानी आत्महत्या गरेका छन् । न्यायाधीश राईका अंगरक्षक जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी हबल्दार ओमप्रकास खतिवडाले सोमबार बेलुको आफैंले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए।
हबल्दार खतिवडाले जिल्ला अदालत परिसरमा नै कन्चटमा चाइनेज पेस्तोलले आफैंलाइै गोली हानेको एसपी थापाले बताए । थापाका अनुसार अदालत परिसरमा रहेको प्रहरी ब्यारेकमा बसेका उनी अदालतको छतमा गएर फोनमा कुरा गरिरहेको अवस्थामा आफैंलाई गोली हानेर बेहोस भएका थिए ।
गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पु¥याइएको थियो । प्रतिष्ठान भर्ना भएका हबल्दार खतिवडालाई प्रतिष्ठानका चिकित्सकले मृत्यु भएको घोषना गरेका हुन् ।
आत्म हत्याको कारण खुल्न नसकेको र घटनाबार अनुसन्धान थालिएको एसपी थापाले बताए ।