करणी प्रयास लुकाउन बुहारीको हत्या

करणी प्रयास लुकाउन बुहारीको हत्या

मकवानपुर : हेटौंडा ४ स्थित आफ्नै घरमा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्यामा सासु, ससुरा र नन्दहरुको संलग्नता रहेको पाइएको छ। हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सुस्मिताका ससुरा ससुरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की, कान्छी नन्द सीता थापालाई सार्वजनिक गरेको हो।

असार १ गते राति करिब साढे ९ बजे सुस्मिताले खाना खाँदै गर्दा ससुरा प्रकाश र नन्द सीताले लौरो र लोहोरोले प्रहार गरेर हत्या गरेका प्रहरीको दाबी छ। ‘सासु तुलसाले घटना थाहा पाएर पनि बचाउ तथा उद्धार नगरेको र हत्यामा जेठी नन्द दुर्गा थापा कार्कीको पनि संलग्नता देखिएको छ’, मकवानपुर प्रहरी प्रमुख एसपी सुशिलसिं राठौरले भने। हत्याको केही समय अघि ससुराले सुस्मितालाई जबरजस्ती करणी प्रयास गरेकाले घटना लुकाउन र सवारी दुर्घटनामा मृत्यु भएका सुस्मिताका श्रीमान् रुपेन्द्रको बीमाको पैसा लिन हत्या गरिएको अनुसन्धानबाट खुलेको उनले बताए। रुपेन्द्रको गत वर्षको असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो। सुस्मिताकै कारण उनको मृत्यु भएको परिवारले आरोप लगाउँदै आएको थियो।

राठौरले भने, ‘रुपेन्द्रको सवारी दुर्घटनाको मृत्युपश्चात पाउने क्षतिपूर्ति बापतको पाँच लाख सुस्मिताले प्राप्त गरेको कुरा परिवारका अन्य सदस्यलाई मन परेको देखिएन।’ उनका अनुसार सुस्मिताका श्रीमान् रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बीमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादका कारण हालसम्म कसैले प्राप्त गरेका छैनन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.