लागू औषध कारोवारमा संलग्न व्यक्ति हतियारसहित पक्राउ

लागू औषध कारोवारमा संलग्न व्यक्ति हतियारसहित पक्राउ

धरान : कोरानाका कारण सिंगो देश लकडाउनमा रहेका बेला सुनसरीको धरान उपमहानगरपालिकामा भने लागू औषध कारोवार बढेको छ। लकडाउनको मौका छोपी कारोवारीले भारतबाट प्रतिबन्धित लागू औषध ल्याइ बिक्री वितरण गरिरहेको पाइएको छ। 

प्रहरीले शुक्रबार राति धरानमा लागू औषध कारोवारमा संलग्न व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा धरान उपमहानगरपालिका–७ का ४४ वर्षीय किशन श्रेष्ठलाई पक्राउ गरेको हो। 

श्रेष्ठको कोठा छापामारी एकथान एयरगन हतियार, एकलाख ९२ हजार नगद र भारी मात्रामा लागू औषध बरमत गरिएको धरानका डिएसपी  ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। हतियारसहित पक्राउ परेका श्रेष्ठलाई शनिबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

लागू औषध कारोवारी श्रेष्ठको कोठाबाट नाइट्रोसन २ सय ६० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ५ सय ५२ क्याप्सुल र डाइलेक्स डिसि सय एमएलको ६ बोतल बरामद भएको डिएसपी बस्नेतले जानकारी दिएका छन्। लकडाउनको समयमा धरानमा लागू औषध कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी सक्रिय भएर श्रेष्ठलाई पक्राउ गर्न सफल भएको बस्नेतले बताए। श्रेष्ठलाई पक्राउ गरेपछि लागू औषध बिक्री गर्ने अन्य गिरोहको पहिचान गरी खोजी गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। 

धरानमा लकडाउनको समयमा समेत लागू औषधको कारोवार बढेको भन्दै धरानबासीले सुरक्षा व्यवस्था कडा बनाइ लागू औषधको करोवारलाई नियन्त्रण गर्न माग गरेका छन्। प्रहरीले लागू औषध सेवन गर्ने र कारोवार गर्नेलाई पक्राउ गरी मुद्दा चलाएको भए पनि अदालतको आदेशमा उनीहरु छुट्नासाथ पुनः कारोवार र सेवन मै लाग्ने गरेका कारण धरानमा लागू औषध नियन्त्रणमा समस्या भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको भनाइ छ।                                               


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.