खाली खुट्टा हिँडेर सरकारको विरोधमा उत्रिए युवा

खाली खुट्टा हिँडेर सरकारको विरोधमा उत्रिए युवा

महेन्द्रनगर : आइतबार महेन्द्रनगरमा युवाहरुले खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् ।कोरोना महामारीका बेला सरकार गम्भीर नभएको भन्दै नाङ्गो खुट्टा महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै सरकारलाई खबरदारी गरेका छन् ।

स्वस्र्फुत रुपमा प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका युवाले स्थानीय सरकारले जनताको स्वास्थ्य सुरक्षामा वेवास्ता गरेको,क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्ने र पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
'पीपीइ अभावमा स्वास्थ्यकर्मीले एउटै पीपीइ र मास्क धोरए महिनौसम्म सेवामा खटिएका छन् प्रदर्शनमा सहभागी धिरज जोशीले भने,' मेयरहरुको दिनदिनै मास्क परिवर्तन हुँदैछ। अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामग्री छैन ।'

उनले सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको भन्दै जनताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । आरडिटी परीक्षण हटाई पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने उनले बताए । अर्का सहभागी सुनिल थापाले क्वारेन्टाइनमा महिला र बालबालिका सुरक्षित नभएको बताउँदै सरकारले सुरक्षामा ध्यान दिनुपर्ने बताए । 'क्वारेन्टाइनमा भद्रगोल छ त्यहा महिला र बालबालिका सुरक्षित छैनन, उनले भने , 'सरकारले आफ्नो दायित्वबाट पन्छिनु हुँदैन।'

क्वारेन्टाइनबाटै संक्रमण फैलिरहेको स्मरण गराउँदै युवाहरुले सरकार गम्भीर नभएको आरोप लगाए । तत्काल सरकारले पीसीआर परीक्षणको दायर बढाएर नागरीकको स्वास्थ्य अधिकारको सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ। 

महामारीका बेला समेत सरकारले अनियमितता गरिहेको प्रति युवाहरु आक्रोसित भएका छन । महेन्द्रनगरको मदन चोक देखी बजार परिक्रमा गरेर भीमदत्तनगरपालिका मुल गेट अगाडी युवाहरुले नाराबाजस् समेत गरेका थिए । उनीहरुले भीमदत्तका येर सुरेन्द्र विष्टलाई जनताको पिडा बुझेको खै भन्दै नाराबाजी गरेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.