हुलाकी सडक निर्माणमा भारतको अवरोध

हुलाकी सडक निर्माणमा भारतको अवरोध

महेन्द्रनगर : कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय पक्षले पटक-पटक अवरोध गर्दै आएका छन्।  भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा उक्त क्षेत्र भारतको भू-भागमा पर्ने दाबी गर्दै निर्माण कार्यमा अवरोध गरेका हुन्। 

'बाटो खन्ने बेलामा पनि अवरोध गरे, सडकमा ग्राभेल गर्ने बेला पनि अवरोध गरे। अहिले सडक कालोपत्रे गर्न खोज्दासमेत निर्माणमा अवरोध पुर्‍याइरहेका छन्', बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाले भने, 'सडक निर्माणको सुरुदेखि नै भारतीय पक्षले ४-५ पटक अवरोध गरिसके।'  सडक कालोपत्रे तयारी भइरहँदा आइतबार भारतीय सुरक्षाकर्मीसहित त्यहाँका स्थानीयले सडक निर्माणमा हस्तक्षेप गरेका हुन्।

साझ ५ बजेतिर उक्त क्षेत्रका डिएमसहित उच्च प्रहरी अधिकारी, भारतीय सञ्चारकर्मी र भारतीय नागरिक आई अवरोध पुर्‍याएको वडाध्यक्ष रानाले बताए। 'हामीसँग लालपूर्जा भएको जग्गा भारतीय पक्षले आफ्नो दाबी गर्दै सडक बनाउन दिएका छैनन्', रानाले भने, '३८ नम्बर पिल्लरदेखि अगाडि १२ सय मिटर भू-भाग भारतले आफ्नो दाबी गर्दै आएको छ।'  

आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ। उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ। जिपिएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी गर्ने भारतीय पक्षले कञ्चनपुरको दक्षिणी क्षेत्रमा धेरै ठाउँमा नेपाली भूमि कब्जा गरेको र गर्न खोजेको उनको भनाइ छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले सडक अवरोधका विषयमा मंगलबार भारतीयसँग छलफल गरेर समाधान खोजिने बताए।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.