कहाँ- कहाँ छ आज र भोली बाढीको जोखिम ?

कहाँ- कहाँ छ आज र भोली बाढीको जोखिम ?

असार २९–

कोसी र नारायणी नदीमा बहाव सतर्कता तह आसपास हुने । केही सहायक नदीमा खतरासम्म पुग्न सक्ने । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने । तर, सतर्कता तह नकट्ने ।
– बबई, पश्चिम राप्तीलगायतमा बहाव बढ्दो हुने । तर, सतर्कता तलै हुने । कन्काई, कमला, बागमती नदीमा बहाव सतर्कता आसपास हुने । केही सहायक नदीमा खतरा आसपास हुने ।

– प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे र तराईबाट बहने स—साना नदीहरूमा बहाव बढेर सतर्कता आसपास हुने । केहीमा खतरासम्म पुग्न सक्ने ।

असार ३०

– कोसी, नारायणी र तिनका सहायक नदीमा बहाव सतर्कता आसपास रहने । कर्णाली, महाकाली र तिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने । तर, सतर्कता तहभन्दा तलै हुने ।

– कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीमा बहाव केही घटबढ हुने । तर सबैमा सतर्कता आसपास हुने । कन्काई, कमला, बागमती र तिनका केही स–साना सहायक नदीमा खतरा तह आसपाससम्म पुग्न सक्ने ।

– प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का मध्यपहाडी, तराई र चुरेका भू–भाग भई बहने स–साना नदीमा बहाव बढ्ने र केही स–साना नदीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने ।

(स्रोत :जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.