३ वर्षअघि एउटी छोरी गुमाएकी गीता फेरि अर्की छोरी बचाउने उपाय खोज्दै

३ वर्षअघि एउटी छोरी गुमाएकी गीता फेरि अर्की  छोरी बचाउने उपाय खोज्दै

ओखलढुंगा :  ११ वर्षीया छोरीको मिर्गौलाले काम नगरेपछि मोलुङ गाउँपालिका- २ लामीडाँडाकी गीता दर्जीले तीन वर्षअघि उनलाई गुमाइन्। त्यसबेला उपचार खर्च जुटाउन नसकेकी उनकी माइली छोरी हाल मिर्गौलाकै समस्याले ओछ्यानमा छिन्। गीताका ५ बहिनी छोरीमध्ये काइँली मनिलाको दुवै मिर्गौलाले काम नगरेर मृत्यु भएको तीन वर्षअघिको घटना निकै दर्दनाक थियो। छोरीलाई बचाउन उनले ओखलढुंगादेखि काठमाडौंका सबैजसो अस्पताल चहारेकी थिइन्। भएभरको सबै सम्पत्ति बेच्दा पनि पार लागेन।

अहिले १८ वर्षीया माइली छोरी सुनिता दुवै मिर्गौलाले काम गर्न छाडेर छट्पटाइरहेकी छिन्। सुनिताको २०७२ सालदेखि नै मिर्गौलामा समस्या आएको भए पनि अहिले समस्या बढ्दै गएर जटिल भएको छ। गाउँदेखि ओखलढुंगा सदरमुकाम हुँदै काठमाडौंका अस्पतालमा गीताले छोरीको उपचारका लागि पुर्‍याइन्।

मिर्गौला फेर्नका लागि ८-१० लाख रुपैयाँ लाग्छ भन्ने गीताले सुनेकी छिन्।

‘डाक्टरले मिर्गौला नफेरे सुनितालाई बचाउन सकिँदैन भनेका छन्। तर त्यतिका पैसा जुटाउन सम्भव छैन। छोरी बचाउन पाए हुन्थ्यो भन्ने कसलाई लाग्दैन र ? ’ गीताले आँसु झार्दै भनिन्, ‘कसैको दया पलाउँछ भने सहयोगको पर्खाइमा छु।’

६ वर्षदेखि यस्तो पीडा भोगिरहेकी उनी बेलाबेला रून्छिन् फेरि सम्हालिन्छिन्। सुनितालाई समस्याले गाँजेर औषधिले काम गर्न छाडेको छ। ‘अहिले काठमाडौंमा सानो कोठामा बसेर छोरीलाई हप्तामा दुई पटक डाइलासिस गराइरहेकी छु, अब नसक्ने अवस्थामा छु।’ हप्तामै ११ हजार जति खर्च हुने र ऋणपान गरेर धानिरहेको उनले बताइन्।

उनलाई मोलुङ गाउँपालिकाले १० हजार रुपैयाँ सहयोग गरेको छ। अन्य निकायले सहयोग नगरेको प्रति उनको गुनासो छ। उनले सरोरकारवाला निकायलाई सहयोगको याचना गरेकी छिन्। ‘भएको २-३ रोपनी खरबारी पनि बेचियो। अब घर बेच्न बाँकी छ। समस्यामा छु।’ गीतालाई ९८६३९१७२२८ मा सम्पर्क गर्न सकिन्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.