मेयरका छोरासहित दुईजना ५ लाख घुससहित पक्राउ
सिरहा : सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल बुधबार दिउँसो ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले लहान नगरपालिका २२ स्थित एक निर्माणधिन पेट्रोल पम्पबाट पक्राउ गरेको हो । मण्डलसँगै आएको उनका साथी जितेन्द्र महतोलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार बर्दिवास कार्यालयको सूचना अधिकारी मणीराज ज्ञवालीका अनुसार अख्तियारको टोलीले दुवैजनालाई योजना डिपिआर गरेको भुक्तानी विषयमा सेवाग्रहीसँग घुस लिँदालिँदै समातिएका छन् ।