दाउरा बिक्न छोडेपछि गुजारा चलाउन मुस्किल

दाउरा बिक्न छोडेपछि गुजारा चलाउन मुस्किल

अछाम : साफेँबगर नगरपालिका–३ रसकाँडाकी बसन्ती सार्की दैनिक दाउरा बेच्न साँफेबगर बजार पुग्छिन्। यो उनको दैनिकी र घर चलाउनले माध्यम हो।  

लकडाउन र कोरोनाले गर्दा बजारका होटल बन्द छन्। आजभोलि दाउरा बेच्न मुस्किल भएको उनले बताइन्। एक भारी दाउरा १ सयदेखि १ सय ५० सम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ। उनले भनिन्, ‘दाउरा होटलमा बढी बिक्री हुन्छ। अहिले सबै बन्द छन्। बिकिहाले पनि भने अनुसारको मूल्यपाइँदैन। कसैले सय दिन्छन् कसैले १५०।'

दाउरा बिक्री हुन छोडेपछि घर चलाउन उनलाई गाह्रो परेको छ। लगातार एक हप्तासम्म दाउरा बेचेको पैसा जम्मा गरेर चामल किनेर खाने गरेको उनले बताइन्। लगाएको खेती बदेल र बाँदरले सखाप पार्न थालेपछि झनै समस्या भएको उनले दुखेसो पोखिन्। उनले भनिन्, 'लगाएको खेतीबाट एक महिना जति खान पुग्थ्यो, अहिले त बाँदर र बदेललाई ठिक्क छ। खेतीपाती लगाउनु र नलगाउनु एउटै छ।'

भारतमा कमाउन गएका उनका श्रीमान् लाल सार्कीको ४ वर्ष पहिले उतै घरको छतबाट लडेर मृत्यु भयो। २ छोरी र २ छोराको पालन पोषणको जिम्मेवारी बसन्तीको काँधमा छ। आर्थिक अवस्था कमजोर भएका कारण उनले ३ सन्तानलाई पढाउन सकिनन्। उनले कान्छो छोरालाई भने जेनतेन पढाइरहेकी छिन्। उनका दुई छोरीको विवाह भइसक्यो। 

कल्धरी भुलको पनि दाउरा बेचेर नै गुजार चल्छ। अरुले उनको दाउरा किनेपछि मात्र कल्धरीको घरको चुलोमा आगो बल्छ। आर्थिक अभावका कारण १२ वर्षको छोरा कमाउन भारत गएको उनले बताइन्। उनले भनिन्, 'दाउरा बेचेर जसोतसो जिन्दगी चलेको छ। 'छोरा छोरीलाई पढाउन सकिएन। १२वर्षमै छोरा पैसा कमाउँछु भन्दै भारत गएको छ।' जेठी श्रीमतीबाट सन्तान नभएपछि दाने भुलले कल्धरीलाई दोस्रो श्रीमतीको रुपमा भित्र्याएका थिए। अहिले उनको १ छोरा र एक छोरी छन्। श्रीमान्ले मदिरा खाएर गाली र कुट्ने गर्न थालेपछि उनी अलग्गै सानो घर लगाएर बसेकी छिन्। 

दिला भुलको पनी समस्या उस्तै छ। भारतमा कमाउन गएका श्रीमान् कोरोनाले गर्दा रोजगार गुमाएर घर फर्केका छन्। उनका ९ छोराछोरी छन्।  'रोजगार गुमाएर आएका श्रीमान् र ९ छोराछोरीको लालनपालन दाउरा बेचेर नै हुन्छ', उनले भनिन्, ‘श्रीमान्ले भारतबाट कमाएर पठाएको पैसाले पुग्दैन। दाउरा नबेचेर घर खर्च चल्दैन। यसपालि त झन् श्रीमान् रित्तो हात फर्केका छन्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.