स्थानीय तहमा बेरुजुको चाङ

स्थानीय तहमा बेरुजुको चाङ

बैतडी : बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार प्रत्येक स्थानीय तहमा बेरुजु बढ्दै गएको देखिएको छ । जिल्लाका प्रत्येक स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु बढ्दै गएको पाइएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ मा १३ करोड २ लाख ३४ हजार बेरुजु देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि सो नगरपालिकाको ३ करोड ८६ लाख ५५ हजार बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ । 

यस्तै पाटन नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३५ लाख ८० हजार बेरुजु देखिएको छ । सो नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को १ करोड ५१ लाख ४७ हजार बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ। 

मेलौली नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ६५ लाख ६० हजार बेरुजु देखिएको छ भने आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ८ लाख ३३ हजार बेरुजु फच्र्यौंट गर्न बाँकी रहेको छ । 

सिगास गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ मा ६ करोड ६ लाख ३५ हजार बेरुजु देखिएको छ भने आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ६१ लाख ७५ हजार बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ । 

पञ्चेश्वर गाउँपालिकाको पनि बेरुजु बढ्दै गएको छ । सो गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा ८८ लाख २७ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ३० लाख ६५ हजार बेरुजु देखिएको छ । 

यस्तै पुर्चौंडी नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को ४ कारोड ७६ लाख ३४ हजार बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ भने आर्थिक वर्ष २०७५/७६ मा ७ करोड ८३ लाख ४४ हजार बेरुजु देखिएको छ । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिकामा आर्थिक वर्ष ३ करोड ५७ लाख ४४ हजार बेरुजु फच्र्यौट गर्न बाँकी रहेको छ भने आर्थिक वर्ष २०७५/७६ मा २ करोड ७६ लाख ८६ हजार बेरुजु देखिएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा ५ लाख १५ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ८६ लाख ७४ हजार बेरुजु देखिएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा पनि बेरुजु बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९३ लाख ७७ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ६५ लाख ४३ हजार बेरुजु देखिएको छ । शिवनाथ गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा ३ करोड २५ लाख ४६ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/७६ मा भने ९९ लाख ३० हजार बेरुजु देखिएको छ । 

जिल्लाका धेरैजसो स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ । ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनुलगायतका कारणले स्थानीय तहहरुमा बेरुजु रकम बढ्दै गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले बताए । 

उनले भने, 'स्थानीय तहले कानुन मिचेर काम गर्दा यस्तो समस्या आएको हुनसक्छ । कतिपय ठाउँमा कागजपत्र नपुगेर पनि बेरुजु देखिएको हुनसक्छ ।' स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु बढ्दै जानु भनेको आर्थिक अनुशासन कायम नहुनु रहेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने, 'स्थानीय तहहरुले आर्थिक अनुशासन कायम गर्न नसक्दा बेरुजु रकम बढ्दै गएको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.