शिव र साउने सोमबार

शिव र साउने सोमबार

शिव वायुको रूप हो तर चन्द्रमा वायुभन्दा माथि रहेको हुन्छ। वायुबिना चन्द्रमाको कल्पना भने हुनै सक्दैन। त्यसैले शिवको शिरमा चन्द्रमा बसेका कारण शिवलाई सोमनाथ अथवा चन्द्रमाको मालिक भनिन्छ। चन्द्रमाका अनेक नाममध्ये एक सोम पनि एक हो। यिनै सोम शिवको शिरमा बसेका कारण सोमबार शिवको पूजा, अर्चना र उपासना विशेष रूपले गर्ने गरिएको हो। सोमबारमा पनि विशेषगरी पाँचवटा सोमबार साउन महिना शिवको आराधनाका लागि विशेष मानिन्छ। सूर्य कर्कट राशीमा प्रवेश गर्ने हुनाले साउन १ गतेलाई साउने संक्रान्ति पनि भनिन्छ। कर्कट राशीको स्वामी चन्द्रमा हुन्छ।

नेपालको राजधानी काठमाडौंमा रहेका शिवालयमध्ये विशेष रूपमा रहेको श्री पशुपतिनाथको मन्दिर प्राचीन कालदेखि नै विश्वभरका हिन्दुको प्रमुख आराध्यदेवको रूपमा विश्व प्रसिद्ध छ। पशुपतिनाथको मन्दिर सनातनीहरूको श्रद्धा र आस्थाको केन्द्रको रूपमा पूजनीय छ। यसलाई पवित्र तीर्थस्थलका रूपमा विश्वका हिन्दुले लिने गरेका छन्। त्यसैले पशुपतिमा सधैंभरी भक्तजनको भीड लाग्ने गर्दछ। त्यसमध्ये प्रत्येक वर्ष साउन महिना, तीज र शिवरात्रीमा ठूलो भीड लाग्दछ। प्रत्येक फागुन कृष्ण चतुर्दशीका दिनमा शिवरात्री पर्व मनाइन्छ। यस दिन आराध्यदेव पशुपतिनाथ अर्थात् शिवजीको आराधना गर्दै देश विदेशबाट आउने सनातन धर्मालम्वीको ठूलो संख्यामा भीडका साथ दर्शन गर्ने गर्दछन्।

शिवको शुभजन्मको स्मरणोत्सव पनि यसै दिनमा मनाइन्छ। तर, हाम्रा प्राचीन ग्रन्थशास्त्रहरूले देवीदेवता ऋषिमुनि आदिको पूजाउपासना गर्न निश्चित पक्ष, तिथि र बार तोकिदिएको छ। एकादशीमा तुलसी र विष्णुको, मंगलवार गणेश, शनिबार पिपल, पूर्णिमाका दिन चन्द्रमा, आइतबार सूर्य भएजस्तै शिवलाई सोमबार पूजा गर्ने प्रचलन छ। भगवान् शिवका अनेक आभूषण, आयुध र गहनामध्ये शिरमा चन्द्रमा रहेको छ।

साउनको सोमबार महिला दिदीबहिनीले परिवारजनको सुस्वास्थ्य, दिर्घायू, मनोकामना सिद्ध होस् भनी ब्रत आराधना गर्छन्। प्रकृतिले पनि रुप परिवर्तन गर्ने र पृथ्वी नै हरियाली भएकाले शिव भगवान्को विशेष पूजाअर्चना गरी हरियो चुरा, हरियो पोते, हरिया वस्त्रलाई महत्वपूर्ण पहिरनका रुपमा महिलाले लगाउँछन्। खेतीपातीको समयमा पनि किसानहरुले शिवको शिरमा गंगा बसेकी हुनाले गंगा नदीलाई सम्झी पूजाअर्चना गर्नुका साथै विभिन्न रोगबाट बचाउन शिवको आराधना गर्छन्। रोगबाट बचाउने भएकैले शिवलाई विद्यनाथ पनि भन्ने गरिन्छ।

शिवले पुत्र गणेशको शिरमा हात्तीको शिर प्रत्यारोपण गराउन लगाउनु भएको थियो। समुन्द्र मन्थन गरेर निस्केको विषलाई शिवले घाँटीमा राखेका कारण उहाँको घाँटी नीलो भयो, त्यसैले उहाँलाई निलकण्ठ पनि भनिन्छ। शिवको घाँटीमा बसेको बासुकी नागले कालकुट विषको प्रभाव कम गरेको थियो। ज्योतिषशास्त्र अनुसार काल सर्प योग पर्‍यो भने पञ्चमी तिथि वा सोमवार नागलाई दूध चढाउने गरिन्छ। नाग शिवको घाँटीमा बसेको एवं शिवसँग सोमवार साम्बन्ध रहेको हुँदा नाग पूजा पनि सोमबार गरिएको हो।

ज्योतिषशास्त्रले चन्द्रमालाई मनको कारक ग्रह मानेको छ। मन नियन्त्रण गर्नेले मात्र कामवासनालाई विजय गर्छ।  शिवले कामदेवलाई जित्नु भएको थियो। यसरी चन्द्रमा, गंगा, नाग, प्रकृति आदि सँग शिवको विशेष सम्बन्ध छ भने हरेक क्षेत्रमा चन्द्रमासँग नजिक भएका कारण उहाँको सोमबार पूजा उपासना गरिन्छ। साउनका ५ सोमबार र पञ्च तत्वलाई यसरी परिभाषित गर्न सकिन्छ।

साउनका पाँच सोमबार (पञ्च तत्व)
१. सूर्य २. आकाश ३. वायु ४. जल ५. पृथ्वी

पाँच सोमवार र यी पाँच

१. धर्म २. कर्म ३. अर्थ ४. काम ५. मोक्ष

पाँच सोमबार र यी पाँच
१. निरोगी २. शान्ति ३. विद्या ४. धन ५. पुत्र

पाँच सोमबार र यी पाँच
१. सृष्टिकर्ता (आकाश) २. ज्ञानकर्ता (चन्द्रमा) ३. मोक्षकर्ता (ब्रहम, शिवम्) ४. धनकर्ता (सूर्य) ५. नाशकर्ता (रुद्र रूप) 

पाँच सोमबार र यी पाँच
१. प्राण वायु (बोल्ने शक्ति) २. अग्नि वायु (अप्रच, प्रच) ३. गुडे वायु (मलद्वारलगायत निष्कासन प्रणाली) ४. सम्मान वायु (समान रूपले शरीरलाई सञ्चालन गर्ने) ५. उदान वायु (भोग, प्यासको ईच्छा जागरुक गर्ने)।

माथि उल्लेखित सबै पञ्चतत्वले पाँच सोमबारसँग सम्बन्ध जोड्न सकिने हुँदा शिवशक्ति नै यस संसारको सृष्टिकर्ता हुन्।

- थापा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.