३६ घण्टापछि एकतर्फी खुलेको नारायणगढ मुग्लिन सडक फेरि अवरुद्ध

३६ घण्टापछि एकतर्फी खुलेको नारायणगढ मुग्लिन सडक फेरि अवरुद्ध

चितवन : पहिरोका कारण ३६ पछि एकतर्फी संचालनमा आएको नारायणगढ मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। मंगलबार साँझपख एकतर्फी सञ्चालनमा आएको सडकखण्ड चार घण्टापछि फेरि अर्को ठाँउमा पहिरो खसेपछि अवरुद्ध भएको हो। 

मंगलबार राति भरतपुर महानगरनगरपालिका–२९ अन्र्तगत बतासे डाँडामा पहिरो खसेको हो।  राति साढे आठ बजे ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए। 

सोमवार चारकिलोमा पहिरो खसेर मंगलवार अपरान्ह साढे चार बजे सडक एकतर्फी संचालन गरिएको थियो। तनहुँको आँबु खैरहनीमा पहिरो  र धादिङको सिमानामा रहेको मौवा खोलामा सडक भाँसिएर सवारी रोकिएपछि नारायणगढ मुग्लिन क्षेत्रमा सवारी संचालन भएका थिएनन्। 

मुग्लिन र जुगेडीमा पहिल्यै सवारी रोकिएको थियो।  लगातारको वर्षाको कारण यो सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ। अन्यत्र सामान्य पहिरो भएपनि चारकिलोमा ठूलो पहिरो खसेको थियो।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ, ट्राफिक प्रहरीका बागमती प्रदेश प्रमुख एसपी प्रकाश रानाभाट, सशस्त्र प्रहरी उपरीक्षक खेमबहादुर थापा मुग्लिनबाट मौवाखोलाको पहिरो निरीक्षण गरेर फर्किदै गर्दा बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । 

एसपी रानाभाटका अनुसार अहिले सुख्खा पहिरो झरेर बाटो अवरुद्ध भएको हो । यो पहिरो पन्छाएर एकतर्फी बाटो खुलाउन मात्र तीन घण्टा बढी लाग्ने एसपी रानाभाटको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.