ललितपुरमा दर्जनौं पहिरो

ललितपुरमा दर्जनौं पहिरो

ललितपुर : केही दिनदेखि परेको लगातार वर्षाका कारण ललितपुरको दर्जनौं ठाउँमा पहिरो गएको छ भने केही ठाउँ डुबानमा परेका छन्। धापाखेल, नक्खु, टीकाथली, किस्ट अस्पताललगायत स्थानमा डुबानमा परेका हुन्।  केही घरहरू पहिरोको उच्च जोखिममा परेका छन्।  दर्जनौं ठाउँमा गएको पहिराले दक्षिण ललितपुर–काठमाडौं सम्पर्क टुटेको छ। 

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार दक्षिण ललितपुरको बागमती, कोन्जोस्योम र महांकाल गाउँपालिका जाने सडक अवरुद्ध भएका हुन्।  टीकाभैरव हुँदै घुसेल जाने सडक, पाङदुर डोल, भालुखोला, रातो भीर, लुकुनी भीर, नयाँ गाउँ, ससिता भन्ज्याङ, मानिखेल, कालचे, रुम्बा टोल, बिर्खेधारा, खयरघारीलगायत ११ भन्दा धेरै ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको परिसरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जनाए।  उनले भने, ‘अझै विवरण लिने काम निरन्तर भइरहेका छ।  डुबान र पहिरोको जोखिममा रहेकाहरूको प्रहरीले उद्धार गरेको छ। ’

बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लामाका अनुसार हालसम्म मानवीय क्षति भने भएको छैन।  यद्यपि पहिरोले दक्षिण ललितपुरको जनजीवन प्रभावित बनेको बताए।  मंगलबार गाउँपालिकाका सडक हेरेर काठमाडौ फर्किएका उनले गाउँपालिकाका पुग्न कठिन भएको जनाए।  उनका अनुसार कान्ति लोकपथ पूर्ण रूपमा बन्द छ।  यसले काठमाडौं आउनेहरू मारमा परेका छन्। 

त्यस्तै महांकाल गाउँपालिका जाने सम्पूर्ण सडक बन्द भएको प्रहरीले जनाएको छ। अर्को कोन्जोस्योम गाउँपालिका जान पनि समस्या भएको छ।  ललितपुरको कर्णालीको रूपमा चिनिएको यी तीन गाउँपालिका बर्खामा सधंै मारमा पर्ने गरेको अध्यक्ष लामाले बताए। 

सोमबार महालक्ष्मी नगरपालिकाको टीकाथली–५ मा हनुमन्ते खोला पस्दा मुकुन्द आचार्य घरमा रहेको टहरामा बसोबास गर्र्दै आएका ११ परिवारको उद्धार गरिएको छ।  त्यस्तै अर्को वडा १० लाँकुरीभन्ज्याङमा सुरज लामाको एकतले कच्ची घर डुबानमा पर्दा पाँच जनाको परिवार प्रहरीले सुरक्षित ठाउँमा सारेको छ। 

महानगरीय प्रहरी वृत्त सातदोबाटोले धापाखेलमा उच्च जोखिममा रहेका ७ घरका ३२ जना व्यक्ति र सरसामान सुरक्षित ठाउँमा सारिएको जनाएको छ।  वृत्तका प्रमुख मित्रबन्धु शर्माका अनुसार उमेश श्रेष्ठ, नारायण श्रेष्ठ, सुधीर आचार्य, अनिता श्रेष्ठ, मीरा भट्टराई, शिव विक, रघुसदा शंकरको घर पहिरोको उच्च जोखिममा रहेको छ।  वडा २४ को पशुपति मन्दिर टोल छेउको भीरको छेउमा ती घर रहेका छन्।  गोदावरी नगरपालिका झरुवावासी १३ मा रहेको ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका स्थानीय केदार दाहालले बताए।  करिब ७० मिटर धाजा फाँटेको ठाउँमा स्थानीय तथा वडाबाट प्लास्टिक बिछ्याउने काम भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.