पृथ्वीराजमार्ग सञ्चालन हुन तीन दिन लाग्ने

पृथ्वीराजमार्ग सञ्चालन हुन तीन दिन लाग्ने

धादिङ : बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत कार्य सुरु भएको छ। गत सोमबार अविरल वर्षापछि आएको बाढीले पुलको धादिङतर्फको एप्रोच रोड (पुल र सडक जोड्ने भाग) करिब पाँच मिटर भत्काएको थियो।

पानीको बहाव कम भएपछि बुधवार बिहानबाट खोलाको पानीलाई डाइभर्सन बनाएर पुल मुनीबाटै बगाइ निर्माण कार्य सुरु गरिएको हो। पुल पूर्णरुपमा संचालन आउन तीन दिन (आगामी शुक्रबारसम्म) लाग्ने सडक विभागका महानिर्देशक केशव शर्माले बताए।

सोमबारदेखि राजधानी भित्रिने नाका नै ठप्प हुने गरी पुल भत्काएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव देवेन्द्र कार्की, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, सडक विभागका महानिर्देशक केशव कार्की र उक्त क्षेत्रका सांसद भूमी त्रिपाठीसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरेका थिए।

मर्मतकार्य बुधवारदेखि सुरु भएपनि पूर्ण रुपमा सवारी आवागमन हुन तीन दिन लाग्ने सडक विभागका महानिर्देशक केशव शर्माले बताए। ‘मौसमले साथ दिएको खण्डमा बिहीबारदेखि काम तीव्र गतिमा अघि बढ्छ, शुक्रबार साँझसम्ममा सवारी साधनको आवागमन सुचारु गराउने योजनाका साथ काम सुरु गरेका छाँ’, उनले भने। 

तत्काल सवारी साधन गुड्न मिल्ने गरेर काम गरिरहेको भए पनि भविष्यमा पनि क्षति नपुगोस भन्नका लागि थुप्रै काम गर्नु पर्ने देखिएको शर्माले बताए। 

यसैबीच पृथ्वीराजमार्गको गल्छीदेखि मौवाखोलासम्म ५० भन्दा बढी ठाउँमा खसेको पहिरो पन्छाइ राजमार्ग एकतर्फी रुपमा सुचारु गराइएको छ। ७ भन्दा बढी ठाउँमा ठूलाठूला चट्टानसहितका पहिरो राजमार्गमा थुप्रिएका कारण डोजर लगाएर हटाउने काम सुरु भएको र बिहीवार साँझसम्ममा राजमार्ग दुइतर्फ संचालनमा ल्याइने जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए। 

केही ठाउँको पहिरोका कारणबीच मै रोकिएका मालबाहक ठूला सवारी साधन भने अलपत्र परेका छन्। गाडीमा रहेका चालक र सह–चालकले खानेकुराकै जोहो गर्न समस्या भएको गुनासो गरेका छन्। 

पुल र सडक भत्किएर सवारी आवागमन ठप्प हुने भएपछि राजधानीबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारी साधनलाई सोमबार अपरान्हदेखि नै नागढुङगाबाटै फर्काइएको  थियो। त्यस्तै चितवनतर्फ राजधानी भित्रिनको लागि आएका मालवाहक सवारी साधनको लामो लाइन लागेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.