सुकबहादुरले काटे आफ्नै अण्डकोष

सुकबहादुरले काटे आफ्नै अण्डकोष

स्याङ्जा : पुतलीबजार नगरपालिका-२ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले बुधबार साँझ आफनै अण्डकोष काटेका छन्। घाँस काट्ने हाँसी प्रयोग गरेर आफैंले अण्डकोष काटि चुडिएको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

जिल्ला अस्पताल स्याङजामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा. आषिश बस्ताकोटीले बताए। उनले भने ‘उनीसँगै प्लाष्टिकको झोलामा अण्डकोष राखेर ल्याइएको थियो। रगत थामिने केही उपचार गरेर पोखरा रिफर गर्‍यौं।’

मानसिक सन्तुलन ठिक नरहेको पारिवारिक स्रोतले जनाएको छ। आमा, बुवा, दाजु, भाउजुसहित संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन भने पत्नी ६/७ बर्षअघि दोश्रो विहे गरेर गएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीको भनाई छ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.