प्रहरीको गोली लागि घाइते मियाँको मृत्यु, १० लाख क्षतिपूर्ति दिने सहमती

प्रहरीको गोली लागि घाइते मियाँको मृत्यु, १० लाख क्षतिपूर्ति दिने सहमती

धरान : सुनसरीको हरिनगरा गाउँपालिको घुस्कीमा सशस्त्र प्रहरीको गोली लागि गम्भीर घाइते भएका २० वर्यीय सहवाज मियाँको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।

गत शुक्रबार राति भारतबाट अबैध सामान नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरीसँग भएको झडपमा पेटमा गोली लागि हरिनगरा ७ का मियाँ घाइते भएका थिए । 

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रिया गरी गोली झिकिएको थियो ।  मियाँ तस्कर समूहका व्यक्ति भएको प्रहरीले बताएको छ । उनको मृत्युपछि परिवारले उचित क्षतिपूर्ति र सहीद घोषणाको माग राखेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पीडित परिवारसँग लिखित सहमति गरेको छ । 

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी रोहवरमा सुनसरीका प्रमुख जिल्ला अधिकरी र प्रहरी प्रमुखले जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र घटनाको छानबिन गर्ने सहमति गरिएको छ ।

पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र घटनाको छानबिन गर्ने सहमति गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए ।उनले पीडित परिवारसँग स्थानीय जनप्रतिनिधिको रोहवरमा गरिएको सहमति अनुसार क्षतिपूर्तिका लागि संघीय सरकारसँग माग गरिने जानकारी दिए ।
 
मृतक परिवारले क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग राखेपछि स्थानीय प्रशासनसँग उक्त सहमति गरिएको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए।मृतको पोष्टमार्टम गरी दाहसंस्कारका लागि शव परिवारको जिम्मा लगाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.