कोरोना संक्रमित बजारमा हिँडेपछि सुनसरी सदरमुकाममा निषेधाज्ञा
धरान : कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्ति खुलेआम बजारमा हिँडेपछी सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ। कोरोना पोजिटिभ देखिएका एक प्रहरी इनरुवा बजार भरी घुमफिर गरेको खुलासा भएपछि इनरुवामा निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए।
कोरोना पोजिटिभ देखिएका प्रहरी बजार भरी हिँडडुल गरेका कारण जोखिम उत्पन्न हुने भएकाले इनरुवालाई सुरक्षित राख्न बजारसमेत बन्द गर्न निर्देशन दिएको प्रजिअ पोखरेलले जानकारी दिए। स्थानीय प्रशासनको निर्देशन बमोजिम इनरुवा बजार बन्द गरिएको छ। कोरोना पोजिटिभ देखिएका प्रहरीलाई नियन्त्रणमा लिइएको प्रजिअ पोखरेल ले बताए।