नाबालक पनि बलात्कारमा संलग्‍न !

नाबालक पनि बलात्कारमा संलग्‍न !

ओखलढुंगा : एक हप्तादेखि जिल्ला प्रहरी कार्यालयमा एक जना नाबालक प्रहरी निगरानीमा छन्। उनी प्रहरीसँगै बस्छन्, प्रहरीसँगै खान्छन्। उनलाई हेरचाह गर्न त्यसरी राखिएको भने होइन। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका लागि राखिएको हो। करिब ११–१२ वर्षका उनलाई नाबालक भएकै कारण हिरासतमा नराखि अनुसन्धान गरेको प्रहरीको भनाइ छ।  

नाबालक पनि बलात्कारमा संलग्न ! सुन्दा जो कोहीलाई पत्याउन गाह्रो हुन्छ।  त्यसमा चार वर्षीया बालिकालाई बलात्कार गरेको कुरा। तर उनलाई बलात्कारको आरोपमा गाउँले र पीडित बालिकाको आफन्तले केही दिनअघि प्रहरीको जिम्मा लगाए।

उनीमाथि पटकपटक छिमेकीकै चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। गत हप्ता प्रहरीकहाँ परेको उजुरीअनुसार असारको ३१ गते उनले बलात्कार गरेका हुन्। उजुरीकै आधारमा ति नाबालकलाई प्रहरीमा ल्याएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि जिल्ला अदालतमार्फत म्याद थप गरिसकेको जिल्ला प्रहरीका डिएसपी रुपेश खड्काले बताए।

‘व्यक्तिगत रुपमा बालक र उनको उमेर हेर्दा पत्याउनै नसकिने घटना लाग्यो। म आफैँलाई आँशु आयो। यस्तो उमेरको बच्चाले कसरी बलात्कार गर्ला ?’ डीएसपी खड्काले भने, ‘तर बलात्कृत भनिएकी बालिकाको बयान र उनीहरुका आफन्तको उजुरीले गर्दा उनलाई यहाँ ल्याउनुपरेको हो।’ थुनुवा कक्षमा नभई उनलाई प्रहरीहरुसँगै ब्यारेकमा सुताउने गरेको डीएसपी खड्काले बताए।
खड्काका अनुसार उनलाई सरकारी वकिलकहाँ बयान गराएपछि अभिभावकको जिम्मा लगाएर घर पठाउने तयारी छ। जिल्ला सरकारी वकिल लेखनाथ ढकालले बालकको जन्मदर्ता मगाउने काम भएको बताए। ‘यो घटना अहिले अनुसन्धानकै क्रममा छ।’ उनले भने, ‘उनको जन्मदर्ता मगाउने काम गरेको छु। त्यसपछि बयान लिएर के गर्ने भन्ने अहिले भन्न सकिने अवस्था छैन।’
प्रहरीसँगको बयानमा बालकले आफूले अन्य मान्छेहरु यौन क्रियाकलापमा संलग्न भएको देखेको र त्यसैको आधारमा यस्तो क्रियाकलाप गरेको बताएका छन्। यसबाट अभिभावक वा अरु जो कोहीले बालबालिकाले देख्ने गरी यौन क्रियाकलापमा संलग्न हुँदा बाल मानसिकतामा कस्तो असर पर्ने रहेछ भन्ने विषय सोच्न बाध्य बनाएको डिएसपी खड्काले बताए।

शारीरिक र मानसिक दुवै अवस्थालाई आधार मान्ने हो यस घटनाका अभियुक्तलाई प्रहरीसम्म ल्याउनै नपर्ने केही अधिकारकर्मीहरुको भनाई छ। कानुनी रुपमा ति बालकलाई सरकारी वकिलले बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने अधिवक्ता गुरुबहादुर बस्नेतले बताए। १२ वर्षभन्दा माथिकालाई सुधार गृहमा पठाउनुपर्ने र १० वर्ष मुनिकालाई अपराध नमानिने भएकोले यस बीचका नाबालकलाई बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने उनले बताए।

बर्थ डेमा बोलाएर बलात्कार 

बलात्कारको आरोपमा दर्ता भएका अन्य घटनाहरुमध्ये केही रोचकसमेत छन्। मानेभन्ज्याङ गाउँपालिकाको एक घटनामा पूर्व प्रेमीले जन्मदिन मनाउन बोलाएपछि भोज खान रातिको समयमा गएकी प्रेमिकाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि अभियुक्त पक्राउ परेका छन्। 

पछिल्लो समय सहमतिमा हुने शारिरिक सम्बन्धमा दरार आएपछि बलात्कारको आरोपमा मुद्दा दर्ता गर्ने चलन बढेको समेत प्रहरी र कानुन व्यवसायी बताउँछन्। पहिले सहमति, पछि नमिलेर बलात्कारका उजुरी आउने क्रम बढेको उनीहरुको भनाइ छ। 

लकडाउनमा बलात्कार बढे 

अघिल्ला महिनाको तुलनामा लकडाउन अवधिमा बलात्कारका घटना बढेको तथ्यांकले देखाउँछ। जिल्ला प्रहरी कार्यालयमा बैशाख यता सातवटा जर्बजस्ती करणीका मुद्दा दर्ता भएका छन्। 
लकडाउन सुरु भएको पहिलो महिना एउटा पनि घटना नघटेकोमा दोस्रो महिनादेखि बलात्कारका मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा देखिन्छ। त्यसैगरी लकडाउन अवधिमै जिल्लाभित्र १३ जनाले आत्महत्या गरेका छन्। हिंसाका घटना पनि दर्ता भएका छन्। सबै लकडाउनको दोस्रो महिनादेखिको संख्या हुन्। यसो हुनुमा व्यक्तिको मानसिक असरमा लकडाउनले सहयोग गरेको डीएसपी खड्काले बताए।

‘पहिलो महिना कोरोना संक्रमणसँग डराएर मान्छे चुपचाप घरमा बसेको देखिन्छ।’ उनले भने, ‘दोस्रो महिनादेखि रोगसँग डर घट्दै गयो, फुर्सद बढ्यो, इन्टरनेटको प्रयोगले मानसिक रुपमा असर परेपछि यस्ता घटना बढेको हो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.