धरानमा दर्जनौंमा संक्रमण फैलिएको आशंका

धरानमा दर्जनौंमा संक्रमण फैलिएको आशंका

धरान : धरान उपमहानगरपालिकामा डरलाग्दो गरी कोराना भित्रिएको छ। धरानको तिनकुने स्थित औद्योगिक क्षेत्रमा संचालित प्रिति भल्वमा जनकपुरबाट आएका एक संक्रमित व्यक्तिबाट कोरोना फैलिएको हुन सक्ने बताइएको छ। 

अशोक अग्रवालले संचालन गरेको पृति भल्वको उद्योगमा काम गर्ने धरान १३ का २८ वर्षीय एक पुरुषमा कोराना पिजेटिभ देखिएको छ। संक्रमित व्यक्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भइ उपचाररथ रहेका प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले बताए। 

प्रति भल्वमै कार्यरत जनकपुर घर भएका व्यक्ति उद्योगमा आएपश्चात कोराना संक्रमण भित्रिएको हुन सक्ने प्रहरीको अनुमान छ। संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रसिङका आधारमा १३ जनाको पहिचान गरी पिसिआर परीक्षण गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन्। 

बुधबार कोरोनाको संक्रमण पुष्टि भएका व्यक्ति प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रत्यक्ष सम्पर्कमा रहेको बुझिएको छ। सभामुख भण्डारीसहित नेकपाका स्थानीय केही नेताहरु बुधबार नै धरान ४ को बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका कारण कोरोनाको झन जोखिम बढेको हो। सभामुखसँगै बाढी प्रभावित क्षेत्रमा गएका नेकपा नेताहरु बिहीबारबाट होम क्वारेन्टाइनमा बसिसकेको बताइएको छ। 

धरानका मेयर तिलक राईले धरानमा कोरोनाको जोखिम बढेकाले तत्काल सुरक्षा प्रमुखहरु सहितको बैठक बसी धरानलाई सुरक्षित बनाउने तयारी भैरहेको बताए। उनले धरानलाई सुरक्षित बनाउने विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको बैठक बसेर महत्वपूर्ण निर्णय गर्न लागिएको जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.