कोरोनाको उच्च जोखिममा धरान

कोरोनाको उच्च जोखिममा धरान

धरान : धरान उपमहानगरपालिकामा कोराना संक्रमणको जोखिम बढेको छ । धरान १३ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि धरानमा कोरोना समुदायस्तरमा फैलिएको छ । 

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि धरानमा व्यवसाय संचालनमा कडाइ गरिने भएको छ । बिहीबार धरान उपमहानगरपालिकामा बसेको सर्बपक्षीय बैठकले धरानमा केही समयका लागि लकडाउनलाई थप कडाइ गर्ने मापदण्ड निर्धारण गरेको छ । 

धरान उपमहानगरपालीकामा बसेको सर्बदलीय बैठकमा मेयर तीलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख एसपी कमल थापा र राजनैतिक दलका प्रतिनिधिसहितको सर्बपक्षीय बैठकले अत्यावश्यक सेवा चौबिसै घण्टा संचालन गर्न दिने तर बजार बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । 

पसलमा दैनिक आवश्यक सामाग्री खरिद गर्न जाँदा अनिवार्य माक्स लगाउने व्यक्तिलाई मात्र सामाजिक दूरी कायम गरी बिक्री गर्ने र माक्स नलाई सामान खरिद गर्न आउने ग्राहकलाई सामान खरिद गर्न प्रतिबन्ध लगाएको धरानका मेयर तिलक राईले बताए । 

धरानमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेकाले लकडाउनमा कडाइ गर्दै व्यवसाय संचालन गर्न मापदण्ड बनाइएको उनको भनाइ छ । धरानमा एक २८ वर्षीय युवामा कोरोना देखिएपछि धरान उपमहानगरपालिकाले नगरवासीलाई सचेत हुन आग्रह समेत गरेको छ । संक्रमित व्यक्ति प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रत्यक्ष सम्पर्कमा रहेको बुझिएको छ । 

सभामुख भण्डारीसहित नेकपाका स्थानीय केही नेताहरुको समेत संलग्नता देखिएपछि उनीहरुलाई होम करेन्टाइनमा बस्न भनिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले कोरोना संक्रमित देखिएका व्यक्तिको अन्य २३ जना व्यक्तिसँग सम्पर्क भएकाले उनीहरुको पहिचान गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताए । 

वीपी कौइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका निर्देशक डा. गौरीशंकर साहले प्रदेश १ र २ का विभिन्न जिल्लाबाट संक्रमित समन्य नगरी उपचारका लागि पठाउने गरेका कारण धरानमा कोरोनाको जोखिम बढेको बताए । उनले संक्रमित व्यक्तिको निधन हुँदा समेत शव अस्पतालमै राख्नु प्रतिष्ठानका चिकित्सक, नर्स र अन्य कर्मचारीमा समेत संक्रमण फैलने त्रास बढेको उनको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.