कर्मचारीमा कोरोना संक्रमण देखिँदा पनि सिल गरिएन उद्योग

कर्मचारीमा कोरोना संक्रमण देखिँदा पनि सिल गरिएन उद्योग

धरान : कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिए पनि धरानको एक उद्योग निर्वादरुपमा संचालन भइरहेको छ । कर्मचारीलाई कोराना देखिएको धरान तिनकुनेमा रहेको औद्योगिक क्षेत्रमा व्यवसायी अशोक अग्रवालले संचालन गरेको प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिस निर्वादरुपमा संचालनमा छ।

बुधबार प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिस प्रालीमा काम गर्ने धरान १३ का २८ वर्षीय पुरुषमा कोराना पोजिटिभ देखिएको थियो । संक्रमित व्यक्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत छन्।

कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले उच्च सर्तकता र सावधानी नअपनाएको स्थानीयको गुनासो छ । संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले औद्योगिक क्षेत्रमा कामगर्ने कर्मचारीमा कोराना देखिएपछि सो क्षेत्रलाई नियन्त्रण गरी सावधानी अपनाउन स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।

कर्मचारीमा कोराना देखिएपछि निर्वादरुपमा उक्त उद्योग संचालन गर्दा कोराना संक्रमणको जोखिम झनै बढ्ने भन्दै अध्यक्ष इजमले चिन्ता व्यक्त गरे। उद्योगमा काम गर्ने दुईजना कर्मचारी उदयपुर र जनकपुर गएर आएको र तीनै व्यक्तिबाट धरानमा कोरोना फैलिएको हुन सक्ने अनुमान गरिएको छ । 

तीनै व्यक्तिले उद्योगका अन्य कर्मचारीसँग सम्पर्क गरेका कारण कोरोना संक्रमण फेलिएको बताइएको छ । कोराना संक्रमित व्यक्ति धरानको भोटेपुरमा संचालित कल्स जीमहलमा समेत जीम गर्न जाने गरेको खुलेको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले उक्त जीमहल बन्द गर्न निर्देशन दिएको बताए । 

संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका ८ जनाको पहिलो चरणको रिपोर्ट भने नेगेटिभ आएको छ। उद्योगका अन्य कर्मचारीको स्वाब रिपोर्ट भने अझै आएको छैन। धरान औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख किशोर कुमार पाण्डेले प्रिति भल्भमा काम गर्ने व्यक्तिमा कोराना देखिएको जानकारी आएको बताउँदै उद्योग सिल गर्न स्थानीय प्रशासनले चासो दिनुपर्ने बताउँछन् । 

उनले यस विषयमा समबन्धित निकायमा जानकारी गराइसकेको पनि उनले बताए । व्यवसायी अग्रवालले भने कोराना पोजिटिभ देखिएका आफ्ना कर्मचारीसँग उद्योगमा आवतजावत नगरेको र त्यहाँ कार्यरत कामदारसँग सम्पर्क समेत नरहेका कारण उद्योग सिल गर्न आवश्यक नरहेको दावी गरे । 

उनले संक्रमणको आशंका गरिएका आफ्ना सबै कर्मचारीको पीसीआर परीक्षणका लागि नमुना संकलन गरी वीपी प्रतिष्ठानमा पठाइसकिएको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले कोराना संक्रमण फैलाउने उद्योग सिल गर्नका लागि धरान प्रहरीलाई निर्देशन दिइसकेको बताए। धरानका मेयर तिलक राईले पनि यस विषयमा छानविन गरी तत्काल निर्णय गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.