प्रशासन सुधार गर्न ५४ बुँदे कार्ययोजना

प्रशासन सुधार गर्न ५४ बुँदे कार्ययोजना

ओखलढुंगाः जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाको प्रशासन सुधार वार्षिक कार्य योजना तयार गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि कार्यालयले ५४ बुँदे कार्ययोजना तयार पारेको हो । 

सेवा प्रवाह पारदर्शी र प्रभावकारी बनाउन कार्ययोजना आवश्यक रहेको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद व्यवस्थापन, सुशासनलगायतका सेवाहरुलाई व्यावसायिक रुपमा सम्पादन गर्ने उद्देश्यले कार्ययोजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । 

कार्ययोजनामा जनमैत्री कार्यालय व्यवस्थापन, सुशासन तथा प्रभावकारी सेवा व्यवस्थापन, शान्ति सुरक्षा र अपराध नियन्त्रण, विपद् व्यवस्थापनलगायतका विषय समेटिएका छन् । 

कार्ययोजना तर्जुमा गर्दा प्रशासन कार्यालयले कार्यालयलाई प्राप्त कानुनी अधिकार, स्वीकृत वार्षिक विकास कार्यक्रम तथा वजेट, नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त निर्देशन, गृह सचिव र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन करार सम्झौता तथा स्थानीय वस्तुस्थिति समेतलाई आधार बनाइएको छ । 

यस्तो कार्ययोजनाले कामको मूल्यांकन तथा सुधारका लागि पनि उपयोगी हुने प्रजिअ पौडेलको भनाइ छ । यस्तै, जिल्लास्थित सबै सरकारी कार्यालयको समेत कार्ययोजना निर्माण भइरहेको प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयले २०७७ साउन मसान्तभित्रमा सबै सरकारी कार्यालयको सुधार योजना तर्जुमा तथा कार्यान्वयन गर्ने गरी तयारी गरिरहेको जनाएको छ । 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.