सुनसरीमा वन तस्करी बढ्यो

सुनसरीमा वन तस्करी बढ्यो

धरान : विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) संक्रमणको मौका छोपी तस्करले सुनसरीको वन क्षेत्रमा तस्करी गर्न थालेका छन् । सुनसरीको चारकोसे जङगलमा प्रवेश गरी बहुमूल्य सखुवा, सिसौलगायतका ठूला- ठूला रुख ढालेर तस्करी गर्न थालिएको छ । 

तस्कर हातहतियारसहित जंगल क्षेत्रमा प्रवेश गरी बहुमुल्य सखुवाका रुख ढालेर जिल्लाका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन् ।  तस्करको समूहले सुनसरीको धरान उपमहानगरपालिका १७ मा पर्ने भालुखोप जंगल क्षेत्रमा ठूला ठूला सखुवाका काठ काटेर तस्करी गरेको भेटिएको छ ।

तस्कर रुख ठाल्न सक्रिय भएपछि वन रक्षकले जङगल क्षेत्रमा गस्ती बढाएको जिल्ला वन डिभिजन कार्यालय सुनसरीका सशस्त्र वनरक्षकका इन्र्चाज हरिप्रसाद गिरीले बताए।

तस्करको समूहले चारकोसे जंगल क्षेत्रमा मध्य राती प्रवेश गर्ने र बहुमुल्य सखुवा, सिसौलगायतका रुख काटेर लान थालेपछि जंगल क्षेत्रमा चौबिसै घण्टा वन गस्तीलाई तीव्र पारेको उनले जानकारी दिए । तस्करले मध्यराती जंगल प्रवेश गरी बदेल, हरिन, मिर्गलगायतका जंगली जनावर मारेर तस्करी गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.