छिमेकमा संक्रमण तीव्र

छिमेकमा संक्रमण तीव्र

(एजेन्सीको सहयोगमा) : दक्षिण छिमेकी भारत कोरोना संक्रमणमा विश्वमै तेस्रो मुलुक बनिसकेको छ। भारतमा संक्रमितको संख्या बुधबार साँझसम्म १९ लाख ५८ हजार ५ सय ९२ पुगेको छ। कोरोनाकै कारण त्यहाँ ४० हजार ७ सय २२ जनाले ज्यान गुमाएका छन्। 

संक्रमण बढ्दो गतिमा छ। व्यापारिक एवं सांस्कृतिक सम्बन्धका कारण नेपाल–भारत आउजाउ रोकेर पनि नथेगिने हालतमा छ। लाखौं नेपाली रोजगारी र अन्य सिलसिलामा भारत बस्छन्। तिनीहरू घर फर्किने क्रम जारी छ। नेपालका सीमावर्ती भारतीय पाँच राज्यमध्ये चारवटामा कोरोना संक्रमणको संख्या एवं रफ्तार तीव्र छ। खुला सीमा र निर्वाध आउजाउका कारण उता बढ्नु यताका लागिसमेत जोखिम हो। सीमावर्ती भारतीय प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित उत्तर प्रदेशमा छन्। कम सिक्किममा। यहाँ सीमावर्ती भारतीय राज्यहरूको कोरोना अवस्था दिइएको छ। यसले सरकारलाई सीमा र सीमावर्ती इलाकामा कोरोना नियन्त्रण रणनीति बनाउन सहयोगी बन्न सक्छ।  

बिहार

बिहार प्रदेशमा कुल संक्रमितको संख्या ६१ हजार ७ सय ८८ छ। जसमध्ये उपचारपछि निको हुनेको संख्या ४० हजार ३ सय ४८ छ। त्यहाँ ३ सय ४७ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा ३ सय २३ जनामा संक्रमण भएको छ भने १७ जनाको मृत्यु भएको छ। 

उत्तर प्रदेश
उत्तर प्रदेशमा कुल संक्रमितको संख्या १ लाख ३ सय १० छ। उपचारपछि निको हुनेमा ५७ हजार २ सय ७१ जना छन्। हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेमा १ हजार ८ सय १७ जना छन्। विगत २४ घण्टामा १ हजार ३१ नयाँ संक्रमित थपिएका छन् भने ३९ जनाको मृत्यु भएको छ। 

उत्तराखण्ड
उत्तराखण्डमा कुल ८ हजार ८ जनामा कोरोना संक्रमण देखिएको छ। उपचारपछि निको हुनेमा ४ हजार ८ सय ४७ छन् भने हालसम्म ९५ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा १ सय ६ जनामा नयाँ संक्रमण देखिएको छ भने ५ जनाको संक्रमणकै कारण मृत्यु भएको छ। 

पश्चिम बंगाल
पश्चिम बंगालमा कुल ८० हजार ९ सय ८४ मा संक्रमण देखिएको छ। ५६ हजार ८ सय ८४ले उपचार गराएर निको भइसकेका छन्। १ हजार ७ सय ८५ जनाको मृत्यु भइसकेको छ। यहाँ विगत २४ घण्टामा ६ सय ३२ नयाँ संक्रमित थपिएका छन् । ५४ जनाको मृत्यु भएको छ।

सिक्किम 
सिक्किममा कुल ७ सय ८३ जनामा संक्रमण देखिएको छ। जसमध्ये २ सय ९९ जना उपचारपछि घर गइसकेका छन्। हालसम्म सिक्किममा कोरोनाका कारण एक जनाको मात्र मृत्यु भएको छ। गत २४ घण्टामा सिक्किममा जम्मा ९३ जना नयाँ संक्रमित भेटिएका छन्। 
भारतमा एकै दिन ५२ हजार संक्रमि
भारतमा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ५२ हजार ५ सय ९ जना पुगेको छ। उक्त अवधिमा कोरोनाकै कारण ८ सय ५७ जनाको मृत्यु भएको छ। 
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितमध्ये १२ लाख ८२ हजार २ सय १५ व्यक्ति निको भएका छन्। बुधबारसम्म त्यहाँ निको हुने क्रम ६७.१९ प्रतिशत छ। हाल ५ लाख ८६ हजार २ सय ४४ जना उपचारकै  क्रममा छन्। 

भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य बनेको छ। यहाँ हालसम्म ४ लाख ५७ हजार ९ सय ५६ जनामा संक्रमण भइसकेको छ। १६ हजार १ सय ४२ को मृत्यु भएको छ। प्रभावित दोस्रो राज्य तमिलनाडु र तेस्रोमा राजधानी दिल्ली पर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.