कोरोना संक्रमित मन्त्री भन्छन्- होटलबाटै सर्‍यो जस्तो लाग्छ

कोरोना संक्रमित मन्त्री भन्छन्- होटलबाटै सर्‍यो जस्तो लाग्छ

जनकपुरधाम : प्रदेश २ का आन्तरीक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव कोरोना संक्रमित भएका छन्। मन्त्री यादवसँगै उनका दुई जना पिएसओ र एकजना सवारी चालक पनि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ।

संक्रमण पुष्टी भएपछि जनकपुरस्थित मन्त्री निवासमै आफूलाई आईसोलेट गरेका यादवले काठमाडौंको होटलबाट आफूमा कोरोना सरेको आशंका व्यक्त गरेका छन्। 
काठमाडौंमा साउन १५ गते आयोजित प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा मन्त्री यादव प्रदेश २ को नेतृत्व गरि सहभागी हुन गएका थिए। काठमाडौंमा हुँदा उनी होटल क्रिस्टेलमा बसेका थिए।  'होटेलबाटै कोरोना लागेको आशंका छ तर, यस विषयमा केही ठोकुवा भन्न सकिन्न’ बिहीबार अन्नपूर्ण अनलाइनसँग फोनमा कुरा गर्दै मन्त्री यादवले भने 'हामी जनतासँग प्रत्यक्ष सम्पर्कमा हुन्छौं जति सुकै सावधानी अपनाए पनि कुनै न कुनै भूलचुक भएकै होला जसको परिणाम संक्रमित भएको छु।’ पिसlआर टेस्ट गराउँदा पोजिटिभ आए पनि हालसम्म आफ्नो शरिरमा कुनै अस्वस्थता वा लक्षण भएजस्तो छैन्,’ मन्त्री यादवले भने 'म डब्लुएचओद्धारा निर्देशित स्वास्थ्य सम्बन्धी सबै मापदण्डहरुलाई फलो गरिराखेको छु र विश्वास छ चाँडै निको भएर जनताको सेवामा पूनः फर्किने छु।’

मन्त्री यादवले सबैलाई उच्च मनोबल बनाएर पूर्ण सर्तकताका साथ यस महामारीबाट जोगिन आग्रह गरेका छन्। सानो हेलचक्राईले पनि तपाईलाई जोखिममा पार्न सक्छ त्यसैले आफू पनि जोगिनुस र अरुलाई पनि जोगाउनुस्’उनले भने । आफू आईसोलेट भए पनि मन्त्रालयको कामकाजबारे फोनमार्फत निरन्तर रिर्पोटिंगहरु लिइरहेको मन्त्री यादवले जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.