बर्दियामा कोरोना जित्नेको संख्या बढ्यो

बर्दियामा कोरोना जित्नेको संख्या बढ्यो

गुलरिया : बर्दियामा कोरोना भाइरस जित्नेको संख्या बढ्दो क्रममा छ । जिल्लामा हालसम्म पुष्टि भएका २ सय ६२ संक्रमितमध्ये २ सय २५ जना संक्रमितले कोरोना जितेका छन् । बर्दियामा पुरुष २८ र महिला ९ गरी ३७ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालय बर्दियाका निरीक्षक कृष्णगोपाल चौधरीले बताए ।

जिल्लामा २ सय १९ पुरुष र ४३ महिला गरी २ सय ६२ जना कोभिड-१९ संक्रमित भएका छन् । जसमध्ये पुरुष १ सय ९१ जना र महिला ३४ जना गरी २ सय २५ जना संक्रमितले सहजै कोरोना जितेका हुन् । 

चौधरीले भने,' हालसम्म संक्रमितमा कुनै लक्षण देखिएको छैन । कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।' क्वारेन्टाइनमा आश्रय लिइरहेका एकजना आत्महत्या गरेका व्यक्तिको स्वाब परीक्षणका क्रममा भने कोरोना पोजिटिभ पाइएको छ । बर्दियामा १३ हजार ४६ आरडीटी र ५ हजार २ सय ८१ गरी १८ हजार ३ सय २७ जनाको कोरोना परीक्षण भएको छ ।

नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष एवम् कान्तिपुर दैनिकका बर्दियाकर्मी कमलकुमार पन्थीले कोरोना जितेका छन् । दुईसाता होम आइसोलेसनमा बसेका उनलाई प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रमुखलगायत नेपाल पत्रकार महासंघ बर्दियाको टोलीले घरमै पुगी बधाइ दिएका छन् ।

कुनैपनि लक्षण विना कोरोना जितेकोमा खुशी व्यक्ति गर्दै स्वास्थ्यकर्मीले अझै एक साता घरमै बस्न सुझाव दिएको पत्रकार पन्थीले बताए । कोरोनाबाट कोही पनि डराउन नपर्ने तर सर्तकता सबैले अपनाउनु पर्ने उनको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.