अन्तर्राष्ट्रिय ओलम्पियाडबारे पहिलो डिजिटल सेमिनार

अन्तर्राष्ट्रिय ओलम्पियाडबारे पहिलो डिजिटल सेमिनार

काठमाडौँ : विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाडबारे जानकारी गराउने र प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियानअन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा पहिलो डिजिटल सेमिनार आयोजना गर्ने भएको छ ।

'फर्स्ट डिजिटल सेमिनार अन इन्टरनेशनल ओलम्पियाड्स' नाम दिइएको यस कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को सहकार्य रहनेछ । साथै नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा सेमिनारलाई  सातै प्रदेशमा आयोजना गरिने भएको छ।

विज्ञान शिक्षक समाज नेपाल, त्रि.वि. विज्ञान अनुसन्धान केन्द्र, युनिग्लोब कलेज, विरिन्ची कलेज, प्याब्सन, एन-प्याब्सन, एभरेस्ट वर्ल्ड स्कुल गरी ७ वटा विभिन्न संघ संस्थासँगको सहकार्यमा देशभर सातै प्रदेशमा एक-एक दिने सेमिनारको आयोजना गरिने भएको हो।

रजिष्टर गर्नको लागि स्टेम फाउन्डेशन नेपालको वेवसाइट तथा फेसबुक पेजमा रजिस्ट्रेसन लिंक उपलब्ध छ । साउन २६ गते  प्रदेश १ बाट हुने सेमिनार साउन ३० गते प्रदेश २ मा, साउन ३२ गते गण्डकी प्रदेशमा, भदौ २ गते प्रदेश ५ मा, भदौ ४ गते कर्णाली प्रदेशमा, भदौ ७ गते  सुदूरपश्चिम प्रदेशमा सेमिनार आयोजना हुनेछ । बागमती प्रदेशमा भने साउन १५ गते नै सेमिनार समापन भइसकेको छ । 

यस सेमिनारमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमाणि पोखरेल, नेपालमा ओलम्पियाडका एम्बेसडर पूर्वविज्ञानमन्त्री गणेश साह, ओलम्पियाडमा नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउने प्राध्यापक तथा विज्ञको पनि सहभागिता रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.