जनकपुरमा साउन ३२ सम्म निषेधाज्ञा
जनकपुरधाम : कोभिड-१९ को संक्रमण दैनिक बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकामा साउन भरका लागि निषेधाज्ञा थप गरिएको छ ।
साउन १९ गतेदेखि आइतबार सम्मका लागि पछिल्लो पटक जारी गरिएको निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्मका लागि थप गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।