कपिलवस्तुमा कोरोना संक्रमितहरुको व्यवस्थापन नहुँदा समस्या

कपिलवस्तुमा कोरोना संक्रमितहरुको व्यवस्थापन नहुँदा समस्या

कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवामा आइसोलेसन वार्डको व्यवस्थापन नगरिदा संक्रमितहरु समस्यामा पर्न थालेका छन्। दैनिक जसो कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको पिसिआर टेष्ट गर्दा नयाँ संक्रमितहरुको संख्या बढ्दो छ।

पछिल्लो पटक तौलिहवा स्थित बालमन्दिर परिसरमा समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था बुझ्न गरिएको कोरोना परीक्षणको रिपोर्ट अनुसार करीब २ दर्जन उद्योगी व्यवसायीहरु कोरोना संक्रमित भएका छन्। तर उनीहरुको व्यवस्थापनका लागि कही कतैबाट कुनै पहल नगरिएको उनीहरुले गुनासो गरेका छन्।

आफु कोरोना संक्रमित भए पनि आफ्नो अवस्था बारे कसैले बुझ्न नआएको कपिलवस्तु नगरपालिका-१ का एक व्यवसायी विनोद गुप्ताले बताए। म संक्रमित भन्ने थाहा पाए पछि तनाब शुरु भयो, व्यवसायी गुप्ताले भने, 'संयुक्त परिवारमा बस्छु। छुट्टै शौचालन तथा स्नान घर छैन। बजारको घर साघुंरो छ।' सरकारी स्तरबाट कतै आइसोलेसन वार्डको व्यवस्था भए, त्यहीं गएर वस्थे। तर के गर्नु त्यस्तो व्यवस्था रहेनछ ? व्यवसायी गुप्ताले गुनासो गरे।

संक्रमित व्यवसायी गुप्ता संगै घर किनारकै अर्का संक्रमित व्यवसायी सहित २ जना आफन्तले बनाउँदै गरेको नयाँ घरमा बसेका छन्। घरमा कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने मापदण्ड नपुगेका व्यक्तिहरुका लागि तत्काल आइसोलेसन वार्डको व्यवस्थापन गरिनु पर्ने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले सरकारसँग माग गरेका छन्। संक्रमितहरुको व्यवस्थापन उति व्यवस्थापन नगरिदा तौलिहवा बजार क्षेत्रका उद्योगी व्यवसायी तथा आम सर्वसाधारणहरुमा त्रासको अवस्था सृजना भएको तौलिहवा उद्योग वाणिज्य संघले जनाएको छ।

जिल्ला सदरमुकाम तौलिहवामा आइसोलेसन वार्ड बनाउन भनेर साविकको महिला तथा बालबालिका कार्यालय भवनलाई खाली गराईएको थियो। सो भवनमा वेड लगायतको व्यवस्थापन गरिएको भए पनि आइसोलेसन वार्ड भनिएको सो भवनहरु अहिले खाली अवस्थामा छ। ति भवनहरुमा तत्काल आइसोलेसन वार्डको व्यवस्थापन गरिनु पर्ने अधिकारकर्मी रवि ठाकुरले माग गरेका छन्। जिल्लामा हाल सम्म ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भई सकेको छ। जस मध्ये ३ जनाको अवस्था विग्रिएको स्वास्थ्य कार्यालयले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.