प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना पुष्टि
विराटनगर : प्रदेश १ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ ।धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सुनसरीको इटहरीमा बस्दै आएकी नेकपाका सांसद श्रेष्ठमा बुधबार कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।
सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आउँदा स्वास्थ्यमा समस्या आएपछि चेकजाँच गर्दा कोरोना पोजिटिभ देखिएको बताइन् ।
प्रतिक्रिया दिनुहोस !
१