बाह्रबिसे बजार सिल, मृतक परिवारद्वारा स्वाब दिन अस्वीकार

बाह्रबिसे बजार सिल, मृतक परिवारद्वारा स्वाब दिन अस्वीकार

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिकाका एक ८४ वर्षीय खड्गबादुर बस्नेतको मृत्यु पस्चात गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि बाह्रबिसे बजारलाई सिल गरिएको छ। बाह्रबिवसे नगरपालिकाकी उपमेयर शुशीला पाख्रीनद्वारा जारी सूचनामा बाह्रबिसेका विभिन्न ठाउँमा सिल गरिएको जनाइएको छ।

जारी सूचनामा भनिएको छ 'नगरपालिकाको पूर्वको वडा नम्बर ४, वडानम्बर २ को कर्थली, बुदेपा, उत्तरमा वडा नम्बर ३ खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्मको चार किल्लाभित्र सिल गरिएको छ।' मानिसहरु आवतजावत गर्न, ट्ठवारी साधन चलाउन पूर्ण रुपमा निषेध गरी व्यापार, व्यवसायलगायत बन्द गरिने नगरपालिकाले जनाएको छ।

बाह्रबिसे नगर र आसपासका बासिन्दा त्रसित बनेका छन्। मृत्यु भएको पाँच दिनपछि आएको कोरोना संक्रमण पुष्टिको सूचनाले मृतक वृद्धको मलामी गएका, किरियापुत्री भेट्न गएका र उनीहरुको परिवारका सदस्यसमेत सम्भावित संक्रमणको खतराका कारण त्रसित भएका हुन्। गत २२ गते दुबै मृगौलाले काम गर्न छाडेकाले मृत्यु भएको भन्दै त्रिवि शिक्षण अस्पतालको मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मृत घोषणा गरेको उनको परिवारले दाबी गरेको छ। मृतकको पाँच दिनपछि मृतकको कोरोना रिपोर्ट पोजिटिभ आएको सार्वजनिक गरेको थियो।

खड्गबहादुरको अन्त्येष्टिका क्रममा करिब दुई हजार आफन्त र शुभेच्छुक मलामीका रुपमा उपस्थित थिए। मृत्यु भएको भोलीपल्ट मृतक बस्नेतको इच्छा बमोजिम उनको शवलाई राजधानीबाट बाह्रबिसे ल्याएर अन्त्येष्टि गरिएको परिवारका सदस्यले बताए। मृतकका छोरा पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मृत्यु  भएको भोलिपल्ट मात्र शव अस्पतालबाट बाहिर निकालिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत उपचारमा संलग्न चिकित्सकले अघिल्लै रातमा शव निकाल्न दवाब दिए पनि आफूहरुले भोलिपल्ट मात्र शव निकालेर बाबुको इच्छा अनुसार दाहसंस्कारका लागि बाह्रबिसे ल्याएको उल्लेख गरेका छन्।

पुर्वमन्त्री बस्नेत र उनी निकट आफन्तका अनुसार समयमा मृतकको पिसिआर रिपोर्ट उपलव्ध नगराउँदा परिवार, आफन्त र शुभेच्छुकहरुमा त्रास फैलिएको छ। उनले फेसबुकमा ‘मृत्यु भएको छ घण्टामा आउने रिपोर्ट एक सातापछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदँछौं’ लेखेका छन्।  यसअघि बस्नेतले घरबाटै समवेदना एवम मृतक बाबुप्रति श्रद्धाञ्जली अर्पण गर्न सुभेच्छुकहरुलाई आग्रह गरेका थिए।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्काल मृतकसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र त्यसको रिपोर्टपछि मात्र अर्को निर्णय लिइने बताए। हाललाई आवत जावत नगर्न स्थानीय तहले आग्रह मात्र गरेको र निशेधाज्ञा जारी नगरिएको प्रष्ट पारे। तर बाह्रबिसेकी उपमेयर पाख्रीनद्वारा जारी सूचनामा भने सिल गरिएको उल्लेख छ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयबाट पीसीआर परीक्षणका लागि नमूना संकलनमा आएको टोलीलाई स्वाब दिन मृतक परिवारले अस्वीकार गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए। मृत्यु संस्कार र अन्य कारणले तत्काल स्वाब दिन नसकिने जानकारी पाएपछि टोली मृतकको घरबाट फर्किएको चापागाईंल बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.