प्रदेश १ मा एकै दिन १९ सयको पीसीआर परीक्षण

प्रदेश १ मा एकै दिन १९ सयको पीसीआर परीक्षण

विराटनगर : प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ। बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको मुख्यमन्त्री कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।

डेस्कका अनुसार अन्य दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा बुधबार १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ। परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन्। 

प्रदेश १ का मात्रै हालसम्म ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ। प्रदेश १ मा रहेका तीन प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ। 

अन्य प्रदेशका ६ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण प्रदेश १ का प्रयोगशालाबाट नै भएको हो।  हालसम्म प्रदेश १ मा १६ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

१ हजार १८ जना कोरोना पराजित गरेर घर फर्किसकेका छन्। प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.