कोशी अस्पतालमा थप एक संक्रमितको मृत्यु
विराटनगर : विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मोरङको कटहरी गाउँपालिका- १ घर भई विराटनगर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५:५० बजे मृत्यु भएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वास समस्या भएपछि आइतबार राति अस्पतालमा भर्ना गरिएको थियो।
भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गर्दा सोमबार बिहान उनको पोजिटिभ रिपोर्ट आएको थियो। कोशी अस्पतालमा यसअघि ७ जना कारोना संक्रमितको मृत्यु भइसकेको छ।
योसँगै मोरङमा कोरोनबाट मृत्यु हुने संख्या११ पुगेको छ। यस अघि विराटनगर -९ का २ जना, १०, १५, ३, २, ५ वडाका १/१ जना, मोरङ रंगेलीका १ जना, सुनवर्षीका१ जना र बुढीगंगाका १ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !
१