प्रदेश १ मा थपिए १ सय २ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १ सय २ कोरोना संक्रमित

विराटनगर : प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा ३७ महिला र ६५ पुरुष छन्। संक्रमित मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मोरङको विराटनगरमा २० महिला, १३ पुरुष, सुनबर्षीमा २ महिला, ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलमा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला, ३ पुरुष, धरानमा १ महिला, ३ पुरुष, गढीमा १ महिला, ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजिटिभ आएको छ। 

झापाको दमकका ३ महिला, १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला, १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ८९ पुगेको छ। प्रदेश १ मा हालसम्म १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.