पहिरोले अनिदो गाउँ

पहिरोले अनिदो गाउँ

मकवानपुर : २०७२ को भूकम्पले पहिरोसँगै जमिन चर्किएपछि मकवानपुरको राक्सिराङ—५ पन्जनी गाउँलाई अन्यत्र सार्न प्राविधिकले सिफारिस गरे। तर यहाँका ६४ बिपन्न चेपाङ र तामाङ परिवार जिल्लाकै ठूलो पन्जनी भीरको पहिरोमाथि जोखिम मोलेर बसेका छन्।

स्थानीय लोकबहादुर थिङको एक हल गोरु लाग्ने बारी पहिरोले तानिसकेको छ। बाँकी रहेको घर पनि पहिरोले कहिले तान्ने ठेगान छैन। ‘अन्यत्र जाने ठाउँ पनि छैन, कुन रात अन्तिम हुने हो पनि थाहा छैन’, थिङले भने, ‘माथिबाट ढुङ्गा माटो खस्ने र तलबाट पहिरोले तान्ने काम भईरहेको छ।’ हिँउदमा सुख्खा पहिरो र प्रत्येक वर्षातमा गोराङ्दी खोला नै छेकिने गरी झर्ने पहिरोले यहाँका स्थानीयको दैनिकी कष्टकर बनेको छ।

थिङसँगै पाँच तामाङ र तीन चेपाङ परिवार बस्दै आएको घर पहिरो नजिकै छ। ‘पहिरोले जंगल र बारी सकायो अब घर मात्र लैजान बाँकी छ’, पहिरो नजिकै घर भएका इन्द्र थिङले भने, ‘हामीले सरकारलाई पटक पटक निवेदन गर्दा पनि अन्यत्र बस्ती सारिएको छैन।’ उनका छिमेकी हरिराम चेपाङ, बुद्धिलाल चेपाङ र रामबहादुर चेपाङ यो वर्षा कसरी कटाउने भन्ने चिन्तामा छन्। ‘ठूलो पहिरोमाथि बस्ती छ, सबै गाउँलेलाई एकैपटक स्थानान्तरण गर्न पनि समस्या छ। ३÷४ घरलाई अन्यत्र सारिएको थियो तर उहाँहरु पछि गाउँमै फर्कनुभयो’, वडा नं का ५ वडाध्यक्ष सञ्जय कोइरालाले भने।

पहिरोकै कारण राक्सिराङ–८ बासिन्दा समेत उच्च जोखिम मोलेर बसिरहेका वडाध्यक्ष चन्द्रमान चेपाङले बताए। राक्सिराङको छिमेकी गाउँपालिका कैलाशस्थित साविकको भार्तामा खहरे खोलामा मिसिने पहिरोका कारण चार दर्जन घर उच्च जोखिमा रहेका गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए। मकवानपुरको पश्चिमी क्षेत्रका विभिन्न गाउँमा डेढ दशकयताको बाढी पहिरोबाट बिस्थापित भएकाहरु मनहरी गाउँपालिकास्थित रमनटार र डिपाडमा बस्दै आएका छन्।

बाढी पहिरोबाट बिस्थापित भएका ४ सय २७ परिवार २०६० मा यहाँ सरेका हुन्। अहिले यो संख्या बढेर एक हजार नाघेको गाउँपालिकाले जनाएको छ। तत्कालीन भूसंरक्षण कार्यालय मकवानपुरले जिल्लामा एक सय वर्ग मिटर भन्दा ठूला एक हजार ७८ वटा पहिरो पहिचान गरेको छ। अध्ययन अनुसार पाँच हेक्टर भन्दा माथिका ४८ वटा पहिरो संवेदनशील एवं जोखिमपूर्ण छन्। संघीय सरकारको तथ्यांक अनुसार मकवानपुर देशमै पहिरोको जोखिममा दोस्रो स्थानमा रहेको जिल्ला हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.