विप्लवका ६ कार्यकर्तासहित २५ कैदीमा कोरोना पुष्टि

विप्लवका ६ कार्यकर्तासहित २५ कैदीमा कोरोना पुष्टि

बुटवल : रुपन्देहीको बुटवल र भैरहवामा रहेका २५ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ। बुटवलको इलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ६ जना कार्यकर्तासहित १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। भैरहवाका १५ कैदीबन्दी कोरोना संक्रमित भएका छन्।

साउन १६ गते बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जबाट पक्राउ परेका १० कार्यकर्तामध्ये छ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

पक्राउ परेका १० जनामध्ये पाँच जनालाई रुपन्देही जिल्ला अदालतमा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको छ भने पाँच जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अभद्र व्यवहार मुद्दा लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अभद्र व्यवहार मुद्दा लगाइएका पाँच जनालाई बुधबार नै जनही सात÷सात हजार रुपैया धरौटीमा छाड्ने आदेश दिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको आदेशबाट धरौटीमा रिहा भएका दुई जनालाई कोरोना पुष्टि भएको हो। 

यसैगरी हातहतियार तथा खरखजाना मुद्दामा बुधबार नै रुपन्देही जिल्ला अदालत उपस्थित गराइएका चार जनालाई पनि कोरोना देखिएको छ। अदालतमा वयान लिनुअघि कोरोना परीक्षण गर्ने क्रममा उनीहरुमा कोरोना देखिएको हो। वयानका लागि उपस्थित गराइएका थुनुवाहरुमा कोरोना देखिएपछि उनीहरुको वयान पनि सर्ने भएको छ। 

रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी गंगाप्रसाद अधिकारीका अनुसार विप्लव माओवादीका तीन  र अर्का एक जना गरी चार जनालाई कोरोना देखिएको हो। अदालत उपस्थित गराइएका थुनुवामै कोरोना देखिएपछि जिल्ला अदालतको कामकारबाही थप प्रभावित हुने भएको छ। 

अदालत निर्मलीकरण गर्नुपर्ने भएकाले केही दिन अदालतका कामकारबाही स्थगित गरिएको सूचना अधिकारी अधिकारीले बताए। लकडाउनका कारण अदालतमा पेशी र तारेखको काम प्रभावित हुँदै आएकोमा थुनुवामै कोरोना देखिएपछि अदालतको सम्पूर्ण काम कारबाही प्रभावित हुने भएको हो। 
 
प्रदेश नं. ५ का मुख्यमन्त्रीको सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत तीन सुरक्षाकर्मीमा मंगलबार कोरोना पुष्टि भएकोमा बुधबार थुनुवामा समेत कोराना देखिएपछि इलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा रहेका अन्य थुनुवाहरु त्रासमा परेका छन्। 

बुटवल १७ स्थित गम बहादुर थारुको घरमा बैठक बसेका बेला विप्लव माओवादीका रुपन्देही जिल्ला ईन्चार्ज संगम पुनसहित १० जनालाई साउन १६ गते प्रहरीले पक्राउ गरेको हो। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.