आमालाई कोरोना, नवजात शिशुमा जण्डिस, जोखिम मोलेरै शल्यक्रिया

आमालाई कोरोना, नवजात शिशुमा जण्डिस, जोखिम मोलेरै शल्यक्रिया

चितवन : पहिलो पटक आमा बन्दै थिइन भरतपुरकी २४ वर्षीय एक महिला। चिकित्सकले दिएको डेलिभरी मिति कट्दा पनि व्यथा नलागेपछि उनीहरु चिन्तित बने । एक हप्ता नाघेपछि समय पर्खन सक्ने अवस्था रहेन । चिकित्सकसँग पनि विकल्प थिएन । 

समय नाघेकाले बच्चाको स्वास्थ्य जोखिम परेको भन्दै चिकित्सकले शल्य क्रियाको तयारी थाले । तर, ती महिलामा कोरोनाको आशंका हुनसक्ने चिकित्सकलमा शंका थियो। स्वाब परीक्षणका लागि पठाएर चिकित्सकले जोखिम मोलेरै तत्कालै अप्रेसन गरेर बच्चा निकाले ।

कोरोनाको शंकामा आवश्यक सतर्कता अपनाएर चिकित्सकले शल्य क्रिया गरे । तर त्यसको दुई दिनपछि रिपोर्ट पोजिटिभ आयो । 'रिपोर्ट कुरेर बस्दा जे पनि हुनसक्थ्यो,'शल्यक्रियामा खटिएका स्त्रीरोग विशेषज्ञ डा. विनोद पाठकले भने, 'यस्तो बेलामा जिम्मेवारीबाट भागेर अन्यत्र पठाउन सकिएन, कोरोना पनि हुनसक्छ भनेर त्यहीअनुसारको सावधानीमा काम गर्‍यौं।'

औषधि प्रयोग गर्दा पनि व्यथा नबढेपछि शल्यक्रिया गरिएको हो । उनलाई ओम अस्पतालमा राखिएको छ । सुत्केरी महिलालाई ओम अस्पतालमै राखेर उपचार गरिएको छ । उनमा लक्षण नदेखिएको अस्पतालका प्रवन्ध निर्देशक ओमप्रकाश दवाडीले बताए । सुत्केरी महिलालाई एउटा वार्ड नै खाली गराएर राखिएको उनले बताए ।
 
'अप्ठ्यारो अवस्थामा जोखिम मोलेर चिकित्सकको टोली खटिएको हो, 'उनले भने, 'हामीले अस्पताल खाली गरेर ती महिलालाई राखेका छौं,अवस्था सामान्य छ ।' ती महिलाले छोरी जन्द दिएकी छन्। शिशुमा जण्डिसको समस्या देखिएपछि भरतपुर सरकारी अस्पतालको एनआइसियूमा उपचार भइरहेको छ ।अहिले बच्चाको अवस्था सुधार भइरहेको भरतपुर अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले बताए ।'

नेगेटिभ रगत समूह भएकी आमाको बच्चाको रगत समूह पोजिटिभ छ, नेगेटिभ पोजिटिभ हुँदा जण्डिस ह्वात्तै बढेको हो, 'डा. बसौलाले भने,' अहिले डबल थेरापीबाट उपचार भइरहेको छ अवस्था सुधारोन्मुख छ।'

भरतपुर महानगरपालिका- क्षेत्रपुरकी महिलामा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको भदौ ८ गते शल्यक्रिया गरिएको थियो । चितवन मेडिकलकलेजमा भदौ ७ गते स्वाब परीक्षणका लागि पठाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.