रामेछापका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६८ पुग्यो

रामेछापका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६८ पुग्यो

काठमाडौं : रामेछापका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना पुष्टि भएकामध्ये ६ जना रामेछापका रहेको जानकारी दिएका छन्।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार आज पुष्टि भएका रामेछापका ६ जनामध्ये रामेछाप नगरपालिकाबाट पठाएका ४ जनाको कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये रामेछाप नगरपालिका भित्र काम गर्ने एक जना स्वास्थ्यकर्मी र ३ जना क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना पुष्टि भएको उनले बताए। अन्य २ जना उपत्यकामा बस्दै आएकाले उनीहरुको काठमाडौंबाट नै स्वाब संकलन गरिएको हो। आज देखिएकामध्ये एक महिला र पाँच जना पुरुष रहेका छन्। 

स्वास्थ्य कार्यालय रामेछापका अनुसार बिहीबारसम्म रामेछाप जिल्लाबाट ११२५ जनाको स्वाब संकलन गरिएको छ। जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लामा संकलन गरेर पठाइएको स्वाबमध्ये १०३७ जनाको कोरोना नेगेटिभ आएको छ भने ५१ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ। 

कोरोना भाइरस महामारी सुरु भएदेखि बिहीबारसम्म रामेछापका ६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामेछाप स्थायी बसोबाससहित देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्दै आएका ५९ जना पुरुष र ९ जना महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको हो। जसमध्ये बिहीबारसम्म ३७ जना उपचाररत छन् भने ३१ जना उपचारपछि घर फर्किएका छन्। हालसम्म जिल्लाबाट स्वाब संकलन गरी पठाएकामध्ये ३७ जनाको कोरोना पोजिटिभ आएको छ।

रामेछापमा ८९२ जनाको डाइग्नोस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो। जिल्लामा १०४ वटा आइसोलेसन बेड रहेका छन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रामेछापमा निरन्तर बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १३ गतेसम्म निषेधाज्ञा घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.