प्रदेश १ मा १ सय १२ संक्रमित थपिए
विराटनगर : प्रदेश १ मा २४ घण्टामा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार थपिनेमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश राजधानी विराटनगरमा शनिबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १० महिला र ११ पुरुष मा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।
उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ। शनिबार ९ जना डिस्चार्ज भएका छन्। झापा मेचीनगरको धाईजन आइसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ। शनिबार १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ।