कोरोनाबाट वीरगन्जमा मृत्यु भएका दुई पुरुषको शव  रौतहटमा व्यवस्थापन

कोरोनाबाट वीरगन्जमा मृत्यु भएका दुई पुरुषको शव  रौतहटमा व्यवस्थापन

रौतहट : उपचारको क्रममा वीरगन्जमा मृत्यु भएका रौतहटका दुईजना कोरोना संक्रमितको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । युमुनामाइ गाउँपालिका ३ राजपुरका ४० वर्षीय पुरुषको शव तथा मौलापुर ३ का ३० वर्षीय पुरुषको शव व्यवस्थापन गरीएको हो ।

यमुनामाइका ४० वर्षीय पुरुष मधुमेह, ज्वरो र पखाला रोग लागेपछि अस्पताल पुगेको थिए । उनको आइतबार बिहान मृत्यु भएको हो । नेपाली सेनाको शव व्यवस्थापन टोलीले प्रहरी र मृतकका आफन्तको रहोवरका राजपुर नजिकैको खाली जमिनमा शव व्यवथापन गरेको छ ।

यस्तै शनिबार साँझ वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका मौलापुर नपा ३ गम्हरीयाटोलका ३० वर्षीय पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।उनी भदौ ७ गते उपचारको लागि वीरगंज गएका थिए । भदौ १३ गते शनिबार उनको मृत्यु भएको थियो । उनको शव गम्हरीयाटोल नजिकै खाली जमिनमा व्यवस्थापन गरिएको छ ।

अन्तिम सम्मानसहित तालिम प्राप्त टोलीले कोरानो भाइरस संक्रमणबाट मृत्यु भएका दुवैको शव व्यवस्थापन गरेको  इन्द्रबक्स गण गौरले जानकारी दिएको छ । कोरोना संक्रमणबाट आइतबारसम्म रौतहटका ५ जनाको मृत्यु भइसकेको छ ।

१४ सय १० जनाले कोरोना जीतेका छन । एकसय ८५ जना संक्रमित आइसोलेसनमा छन् । ५ सय ६६ जनाको पीसीआर रिर्पोट आउन बाँकी छ । जिल्ला प्रशासन कार्यालय रौतहटले असार २४ गते बाट जारी गरेको निषेधाज्ञा भदौ २१ सम्म थपेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.