नेकपाद्वारा मेयरको सुरक्षाको माग

नेकपाद्वारा मेयरको सुरक्षाको माग

उदयपुर : नेपाली कांग्रेस बेलका नगर सभापति सुशिल सेढाईले आफ्नो फेसबुक पेजबाट मेयर दुर्गाकुमार थापा (स्वस्ति)लाई आक्रमण गर्ने धम्की दिएका छन्। फेसबुक लाइभमार्फत आन्दोलनका क्रममा कुटाइ खाएका जनताले त्यसको जवाफ त्यसरी नै फर्काउने भन्दै सभापति सेढाईले घुमाउरो ढंगबाट मेयर थापालाई धम्की दिएका हुन्। 

उनले भनेका छन्, ‘हामीले त राजनीतिक तवरबाट सभासम्मेलन, निर्वाचन, नगरपालिकाबाट प्रहरीको कुटाइको हिसाबकिताब खोजौंला तर जनताले आफ्नै ढंगले हमला गरेर खोज्नेछन्।' 

गत बिहीवार साँझ ८:३० बजे सामाजिक संजाल फेसबुक लाइभ कार्यक्रममा मेयर थापालाई कुनै पनि सार्वजनिक मन्च, स्थानमा हमला गरी जनताले बदला लिने र कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन्। भ्रष्टचारबाट चोखिनका निम्ति जथाभावी बोलेको, आन्दोलनरत दललाई गालीगलौज गरेको, आन्दोलन दबाउन लाठीचार्ज गर्न लगाएको भन्दै सभापति सेढाईले जनतालाई अघि सारी प्रतिकार गर्न तयार रहेको उद्घोष गरेका छन्। 

उनको अभिव्यक्तिविरुद्ध बेलका नगरपालिका कार्यक्षेत्र बनाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर जिल्ला कमिटी सदस्यले मंगलबार साँझ एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै मेयर दुर्गाकुमार थापाको जिउधनको सुरक्षाको माग गरेका छन्। विज्ञप्तिमा मेयर थापाको ज्यानधनमाथि कुनै पनि घटना घटेमा त्यसको सम्पुर्ण जिम्मेवारी सभापति सेढाईले लिनु पर्ने बताइएको छ। सार्वजानिकरुपमा आक्रमण नै गर्ने धम्की दिएपछि नेताहरुले मेयर थापाको कडा सुरक्षाको व्यवस्थाका लागि सुरक्षा निकायसँग माग गरेका छन्। कार्यक्षेत्रमा रहेका नगर सचिवसहित १२ जना जिल्ला सदस्यहरुले नेता सेढाईलाई कानुनी कार्वाही गर्न माग गरेका छन्। 

लाईभ प्रशारणमा सभापति सेढाईले नेकपाका केही नेताहरु आफ्नो आन्दोलनको समर्थनमा रहेको भन्ने अभिव्यक्तिलाई विज्ञप्तिमा सस्तो निकृष्टको उपमा दिँदै खण्डन गरिएको छ। विज्ञप्तिमा विपक्षी पार्टीले लगाएका आरोप पुष्टि गर्न चुनौती दिँदै दोषी प्रमाणित भए जो कोहीलाई पार्टीगत तथा कानुनी कारवाही गर्ने स्पष्ट पारिएको छ। साथै नगर भित्रका विषयमा केही अस्पष्टता भए वार्ता, छलफल र संवादबाट समस्याको समाधान खोज्न पनि अपिल गरिएको छ। 

विज्ञप्तिमा कोरोनाको महामारीको बेला सर्वसाधारण नागरिकलाई आन्दोलन तथा भिडभाड हुने कार्यक्रममा नजानसमेत अपिल गरिएको छ।  प्रमुख विपक्षी दल लगायतका पार्टीहरुले बेलका नगरपालिका भित्र भ्रष्टाचार मौलाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.