चितवनमा एक संक्रमितको मृत्यु
चितवन : कोभिड १९ कोरोना संक्रमणले चितवनमा थप एक जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा मृत्यु भएको हो।
भदौ ५ गते भर्ना भएकी उनको १० गते कोरोना पुष्टि भएको हो। उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो। बुधबार राती करिब साढे १२ बजे भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।
संक्रमित महिलालाई झाडापखाला, खोकीको समस्या थियो। भदौं ५ गते चितवन मेडिकल कलेजमा पर्याइएको थियो। उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।