'ईकर्मकाण्ड'को अनलाईन सेवा सुरु

'ईकर्मकाण्ड'को अनलाईन सेवा सुरु

काठमाडौं : कोरोनाको महामारीकाबीच भाद्र शुक्ल पूर्णिमा अर्थात् बुधबारदेखि हिन्दु धर्मालम्बीहरुको महालय श्राद्ध अर्थात सोह्र श्राद्ध सुरु भएको छ। पितृ कार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ । पितृहरूका श्रद्धाका लागि गरिने सोह्र श्राद्ध अर्थात महालय श्राद्धको धेरै महत्व छ। पितृकार्य नगर्दा दोष लाग्छ भनेर शास्त्रमा भनिएको छ भने, समयमै नगरे पनि दोष लाग्ने धर्मशास्त्रमा उल्लेख छ ।

पछिल्लो समय कोरोनाको बढ्दो संक्रमणका कारण भेटघाट, जमघटको परिस्थिति छैन । यस्तो अवस्थामा सोह्र श्राद्ध सहजतापूर्वक सञ्चालन गर्नका लागि पहिलो पटक अनलाईन श्राद्ध सेवा सुरु गरिएको छ । 

कोरोनाको महामारी तथा समस्यालाई मध्यनजर गर्दै सिधा टेलिफोन सम्पर्क, वेव साईट र मोबाईल एप मार्फत सोह्र श्राद्ध सहजता तथा सुरक्षितसाथ सम्पन्न गराउन सकिन्छ । 'ekarmakanda'  सेवा मोबाईल एप मार्फत र फेसबुक पेजमार्फत उपलब्ध छ ।  साथै https://ekarmakanda.com/ मार्फत पनि सन्सारभर उपलब्ध हुनेछ। 

कोरोना महामारीकाबीच यो घरमै बस्ने, कोरोनाको प्रकोपबाट आफू बच्ने र परिवारलाई पनि बचाउन चाहाने तथा समाजमा संक्रमण फैलन नदिने इच्छा राख्नेका लागि सहज छ। जोखिम नमोली घरमै बसेर सोह्र श्राद्ध गर्न चाहनेहरुका लागि भने भिडियो कल मार्फत यो कर्म गर्न सकिन्छ । त्यसका लागि अनलाईन मार्फत पण्डितहरु उपलब्ध हुन्छ ।

सोह्र श्राद्धका लागि कमसेकम रु. १,४०० दक्षिणा तोकिएको छ र ब्राम्ह्ण भोजन स्वेच्छाले ट्रान्सफर गर्ने विकल्प रहेको छ। 

    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.